जुनसुकै देशमा संबेदनसिल ,जटिल र जघन्य दिनप्रतिदिन अपराध घटनाहरु घटिरहेका हुन्छ्न।कुनै नियोजित हुन्छन भने कुनै अकस्मात हुन पुग्दछन।घटना श्राबजनिक भैसकेपछी सत्यतथ्य जाचबुझ गरि दोषी करार गर्नु राज्यको दायित्व हो।नेपालको बिषयमा विश्लेषण गर्दा आशर्यजनक र कल्पनाभन्दा बाहिरका घटनाहरु बाहिर आइरहेका छन।चर्चित कोतपर्ब काण्ड ,मदन भण्डारी पकरण, राजा बिरेन्द्रको सत्यनास हुँदै पछिल्लो समय चर्चामा रहेको निर्मला बलात्कार काण्ड र भर्खरै श्राबजनिक भएको पुडासैनी मृत्युु पकरणसङ्ग जोडिएको रबिको बिषय।यहाँनीर घटनालाइ गहिरो अनुसन्धान गर्ने हो भने यी घटनाकाको सन्दर्भमा बिस्वास गर्न सकिने अपराधी या दोषी बर्तमान समय सम्म किटान गर्न सकिएको अबस्था छैन। नेता मदन भण्डारीको हत्या भएको हो भन्दैगर्दा अझै सम्म कुनै बेक्ती वा राज्यले समेत दोषि पत्ता लगाउन सकेको छैन।यो यथार्थ हो।हालै पुडासैनी मृत्यु पकरणमा जोडिएर बाहिर आएको रबिको नाम।यहाँनीर दुई पाटो बाट विश्लेषण गर्नु उपयुक्त हुन्छ।एउटै सन्चारर्गृहमा सङ्गै काम गरिरहेको सहपाठी काम गर्दा सम्म प्रशम्सनिय रहयो।त्यहाँ बिबाद अथबा उल्झन पैदा भएन वा भएपनी श्राबजनिक भएन।रबि र शालिकराम पुडासैनी सिधा कुरा जनतासङ्गका महत्वपूर्ण पाटा थिए।रबि पर्दा अगाडिको हिरो थिए भने पुडासैनी पर्दा पछाडिको हिरो थिए।संबेदनसिल ठाउमा जोखिम मोलेर भएपनी पुडासैनीले रीपोर्टिङ्ग गरेर जनतालाइ सुसुचित गर्ने कार्यमा अग्रभागमा रहे जुन सन्चारक्रमिको सत्कर्म थियो।यहाँनीर प्रशन के उठछ भने सङ्गै रहदा सम्म वा छुट्टीसकेपछी पनि पुडासैनीको शब्दमा गुरु रहेका लामिछाने किन एकाएक खलनायक बन्न पुगे।के बाहिरी आबरणमा गुरु भित्री छालमा छुरा थिए त?करोडौंको सम्पत्तिको मालिक प्रति महिना एक लाख भन्दा माथी कमाउथे भनेर दाबी गरेका पुडासैनीलाई के आपत आइलाग्यो ताकी मासिक पन्ध्र हजार तलबमा जोडिन पुगे।अर्को तर्फ पुडासैनीकै शब्द सापटी लिने हो भने साच्चिकै रबिले ठुला-ठुला ब्यबसायी बाट करोडौं असुल्दा पुडासैनी मुखदर्शक बन्ने बाध्यता कसरी आइलाग्यो!रबिले यातना दिएकानै हुन भने पनि अनुसन्धानको पाटो पक्कै रहन्छ।जहासम्म त्यो सोधखोज हुनै पर्दछ।यहाँनीर जिज्ञासा् के रहेको छ भने यदि पुडासैनी यातनाबाट प्रताडित भए वा फसाउन थालिएको उनले आभास गरेका थिए भने जिबितै उजुर बाजुर किन गरेनन!यी तमाम प्रशन थाती नै रहेका छन।अर्को तर्फ विश्लेषण गरिरहदा अमेरिकामा लाखौ कमाएर बिलासितामा रमाइरहेको रबि अब स्वदेशमै गरिब,निमुखा,शोषणमा दबिएका जनतालाइ उन्मुक्ति दिलाउने उद्देश्यमा समर्पित भैइ अमेरिकन नागरिकता समेत त्यागेको बेक्तिले फेरि नेपालमा धनको आडम्बरमा रम्छ भन्ने कल्पना गर्नु मनासिब देखिदैन।सिधा कुरा जनताको आबाजका माध्यम मार्फत बिदेशमा बेचीएका कयौ चेलिको उद्धार भएको छ।अन्याय र शोषणमा परेका नेपालिहरुले न्याय पाएका छन।चेलिलाइ बलत्कार गरेर अस्मितामाथी धाबा बोल्ने अपराधीको होसहबास उडेको छ।दलाल,घुसपैठ र भ्रष्टाचारमा लिप्त बेक्तिहरुको पर्दाफास भएको छ।यो योगदानलाई अबमुल्य गर्नु स्वतन्त्र पत्रकारिताको धज्जी उडाउनु सरह हो।यसो भन्दै गर्दा रबिलाइ महादेब बनाउन खोजिएको पक्कै हैन।गल्ती मानवबाटनै हो तर निस्पक्ष र स्वतन्त्र छानवीन अत्यावश्यक छ।यदि लामिछाने निस्पक्ष छानबिनद्वारा दोषी ठहरिन्छ्न भने कार्बाहिको भागिदार हुनु पर्दछ जहाँसम्म कानुन भन्दा माथी कुनै बेक्ती वा पक्ष हुनै सक्दैन।तर जबर्जस्ती भिडियोमा भनेकै आधारमा लालछना लगाई दोषी करार गर्ने दुस्साहस राज्य सम्यन्त्रबाट हुन्छ भने त्यो कदापी स्वीकार्य वा मान्य हुन सक्दैन।अनुसन्धान निस्कर्षमा नपुग्दै भिडियो बाहिर किन चुहावट भयो वा कसरी हुन पुग्यो !यो बिषयमा जनताले प्रशन गर्न पाउने कि नपाउने?रबिले देश र जनताको पक्षमा अहोरात्र खटेकै हो जुन घाम जस्तै छर्लङ्ग छ।आज देशमा रबिलाइ जनजालबाट मुक्त गर्न हजारौं मानिस स्वतस्फूर्त सडकमा निस्केर आबाज बुलन्द गरेका छन। रबिलाइ न्याय दिलाउन गल्लि -गल्लीबाट उठ,चोक-चोकबाट उठ,गाउँ-गाउँबाट उठ र शहर-शहरबाट जनता जाग भनेर नाराहरु घन्किरहेका छन।आमाहरु छोरो रबि भन्दै निस्केका छन,बुवाहरु पनि छोरो रबि अन्यायमा पर्यो भन्दै सडकमा उत्रेका छन,दाजुभाइ एबम दिदिबहिनीहरु हाम्रो प्यारो रबि दाइ हाइहाइ भन्दै नारा घन्काइरहेका छन।न कुनै पाटी न कुनै पक्ष होइनकि स्वतस्फूर्त आबाज तेजिलो हुँदै गइरहेको छ।जनता जनार्दन हुन कुनै पक्ष वा विपक्षका मतियार पक्कै होइनन।यसो भनिरहदा पुडासैनीको परिबारलाइ पनि न्याय दिलाउनु पर्दछ।एउटा छोरो,एउटा भाइ,एउटा श्रीमान गुमाउदाको पीडा दर्दनाक र कारुणिक हुन्छ जुन पुडासैनी परिबारले भोगिरहेको छ।सन्चार जगतले काबिल पत्रकार गुमाएको छ।पीडा चारैतिर बल्झिएको छ।पिडाको छालमा मडारिदा अर्को निर्दोष र इमान्दार बेक्तिलाइ जबर्जस्ती अपराधिकरण गरि न्यायको मुर्खता दलिल गर्ने प्रयास गरेमा देशमा अराजकता थप बलियो हुँदै जानेछ।तसर्थ पुडासैनी पकरणमा निर्दोष भन्दा पनि खास दोषि निर्क्योल गरि कार्बाही गरिनु राज्यको दायित्व हो ताकी न्यायको शिलशिला नखुम्चियोस।