अब देश बुढापाकाले हैन नया भिजन र मिसन सहित युबाले चलाउनु पर्छ भन्ने आबाज उठिरहेको सन्दर्भमा प्रबासी नेपालिहरुको छाता संगठन गैर आबासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा लोकप्रिय युबा ब्यबसायी ईश्वर रिजालले उम्मेदवारी दिएका छन।परम्परागत शैलिमा चलिरहेको एन आर एन ए पोर्चुगललाइ नबिनतम ढाचामा रुपान्तरण गरी सम्पुर्ण पोर्चुगल बासी नेपालिलाइ यथार्थमै अभिभाबकत्व अनुभुती गराउने रिजालको अभियान रहेको बुझिएको छ।नेपालिहरुको दुखको सारथि बन्ने,समस्यालाइ समाधान गर्न अग्रभागमा रहेर पहल गर्ने ,कुनै आग्रह -पुर्बाग्रह नराखी कार्य सम्पादन गर्ने ,एक पटकको नेपाली सधैको नेपाली भन्ने नारालाइ उजागर गर्ने र हरेक नेपालिको मनमा मेरो अभिभावक एन आर एन हो भन्ने भाबनालाइ कामबाट स्थापित गर्ने लगायतका जनमुखी नारा रहेको अध्यक्षका प्रत्यासी रिजालले जानकारी दिए।अब परिबर्तन सम्भब छ हाम्रै पालामा जस्तो रचनात्मक नारा लिएर चुनावमा होमिएका रिजालले एक पटक आफुलाइ मत दिएर मुल्यांकन गर्न मतदातालाई विशेष आग्रह गरेका छ्न।