बरिस्ठ कलाकार सुभद्र अधिकारी को निधन।

थुप्रै नेपाली चलचित्रमा अभिनय गरेकी वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । ७३ वर्षीया अधिकारीको शनिबार बिहान ८ बजेतिर आफ्नो निवास डल्लुमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । उनी लामो समयदेखी दमको रोगी थिइन् ।

विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् । ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा सुरु भएको थियो ।

उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ । अधिकारीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुने बताइएको छ । उनको श्रद्धाञ्जली तथा अन्त्येष्टी आज १ बजेदेखि ३ बजेसम्म पशुपति आर्यघाटमा हुने भएकोले सबैलाई उपस्थितिको लागि नेपाल चलचित्र कलाकार संघले आह्वान गरेको छ ।

साभार: डिसि निउज

प्रस्तुत कर्ता: सुसन परियार बिसर्जन

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.