पानी अभियान कर्ता पार्दे ले गरे आभार प्रकट।

हरेक घरमा धारो होस्, हरेक गाउँमा सिंचाइ होस् राज्यले नागरिकहरुलाई पानी निशुल्क दिनुपर्छ भनेर बिगत लामो समय देखि संघर्ष गरिरहेका पानी अभियानकर्ता मित्र लाल पार्दे ले पानी अभियानको नाममा आफ्नो गाउको लागि रकम उठाउन अब बन्द गर्ने र त्यस्तै अर्को कुनै अत्यन्तै पानीको समस्ता भएको नया गाउँ भय जानकारी गराउन फेसबुक स्टाटस मार्फत आबहान गर्दै हाल सम्म आफ्नो गाउमा पानी अभियान का लागि सहयोग गर्ने सम्पुर्ण सहयोगी मन हरु पर्ति आभार एबम कृतज्ञता प्रकट गरेका छन।अब को परिबरउछन् ।

हरेक राज्यले नागरिकलाई पानी दिन सकेन भने त्यो राज्य राज्य होइन र अब को परिबर्तन रगत को खोला बगायर हैन बिचार र कलम को मसि बगायर अनि हरेक उजाड र तिर्खाएका आत्मा हरु का लागि पानीको खोला बगायर मात्र सम्भब छ भन्ने हेक्का राखेका उन्ले फेसबुक स्टाटस बाट नै करोडौ रकम को पानी अभियान सम्पन्न गरेरै छाडेका छन। मान्छे आफ्ना लागि व्रत बस्छन तर उनी करोडौ तिर्खाएका आत्महरुका लागि कपाल खौरेरै बर्स को एकपटक पानी अभियान को लागि एकदिने व्रत पनि बस्दै आइरहेका थिय ।‘देखिने पानी नपाउदाँसम्म नदेखिने भगवानको नाममा व्रत बस्नै सक्दैन । पानी नहुँदासम्म कपालमा जुम्रा परिरहनेछ, पानी नारा सफल नहुदाँसम्म म चिल्लाइरहनेछु मेरो कपालमा मेरो शरीरमै जुम्रा परिरहनेछ जुम्रा र खटिरा परेको शरीरले कसरी भगवानको नाम पुकारु ? भन्ने बिचार राख्न्र उन्ले सामाजिक सन्जाल फेसबुक मार्फत आज सम्म सहयोग गर्ने सम्पुर्ण लाई आभार प्रकट गर्दै आगामी दिनमा पनि यो अभियान मा जोडिन तथा सहयोग को अपेक्षा गरेका छन।

फेसबुक मा उनले लेखेको आभार प्रकट जस्ताको तस्तै।

आभार प्रकट
पानी अभियानमा साथ दिने हरेक व्यक्तित्वहरु प्रति हार्दिक आभार प्रकट गर्दै अब मेरो गाउको लागि पानीको नाममा रकम नउठाउने घोषणा गर्दछु । केही दिनमा नयाँ गाउँमा सरकारले नहेर्दा सम्म पानी अभियान निरन्तर चलाउने प्रतिबद्धता जाहेर गर्दछु ।

यो खुसि हौसला साथप्रति म जीवनभर नतमस्तक छु

आज भन्दा चार वर्ष अघि मेरो जन्म दिनको अवसरमा सुनपुर गाउँमा ७ र ८ को लागि करोड पानी अभियान शुरु गरे करोड पानी अभियान शुरु गर्दा सुनपुर ७ र ८ जुटेर सुनपुर सरसफाइ खानेपानी समिती तयार भयो पछिका दिनमा विश्व भरबाट हरेक आदरणीय व्यक्तित्वको साथ हुँदै गयो । मेरो एवं हाम्रो उद्देश्य हाम्रो उद्देश्य पानी हुनु थियो आजका मिति सम्म नेपाल सरकार सिचाइ बिभाग काठमाडौ सिमेन्ट उद्द्योग आदरणीय व्यक्तित्वहरु एवं हरेक देश तथा बिदेश बस्ने हरेक व्यक्तित्वहरुको माया सदभावले अब मलाई मेरो गाउको लागि पानीको लागि सहयोग रकम उठाउन नपर्ने अवस्था आएको छ र मैले र हामिले सोचेको परिकल्पनालाई ठोस रुपमा विभिन्न अवयवहरुबाट सफल भैरहेको सुन्न पाउँदा मलाई गर्व लागेको छ । यस महान कार्यमा विभिन्न रुपबाट मेरो गाउँका बुवा आमा एव प्रेम केसिको सन्योजकत्वमा गठित समितीलाई हार्दिक धन्यवाद दिन्छु र साथै मेरो सोचको अभियानमा साथ दिने परिवारका हरेक परिवारको पाउमा पर्दछु उहाँहरु सबै प्रती आभार प्रकट गर्दछु अब सुनपुर गाउँको लागि पानीको लागि स्वस्फूर्त रकम न उठाउने घोषणा गर्दछु । कृपया अब केही दिन अर्को गाउँ जहाँ सरकार पुगेको छैन जहाँ पानी पुगेको छैन त्यो गाउँको लागि सरकारको आँखा नपुग्दा सम्म निरन्तर पानी अभियान संचालन हुने जानकारी गराउदछु ।
मैले सोचेको परिकल्पनामा केही आदरणीय व्यक्तित्वहरुले पहिले यदि पानी अभियानमा बोलेको रकम अब नयाँ गाउको लागि सरकारले आफ्नो जिम्मेवारी बहन नगर्ने हुदासम्म मेरो परिकल्पनालाई साथ दिन अनुरोध गर्दछु । हरेक घरमा धारो होस् , हरेक गाउँमा सिंचाइ होस यो नारामा म जिवनभर लागिरहनेछु । यो नारालाई समाजमा स्थापित गरिदिन हुन हरेक वर्गसित अपिल गर्दछु ।
आदरणीय बुवा आमा पत्रकारमित्रहरु एवं विभिन्न वर्गका व्यक्तित्वहरु तपाइहरुको प्रेरणा उत्साह साथले गर्दा सकारात्मक कदमलाई मैले जुन सोचेको थिए त्यो सोचलाई गोरेटो बनाउने काम गरेकोमा नमन गर्दछु । मलाई जीवन भर पानी यात्रामा लाग्न प्रेरित गरिदिनुहोला ।
पहिले घोषणा गरेका आदरणीय केही व्यक्तित्वहरुको रकम अब नया गाउँमा तत्कालै पानी अभियान शुरु गरेपछि त्यहा साथ दिन हुन हार्दिक अनुरोध गर्दै म मेरो अभिभावक गाउले बुवा आमा दाजु भाइ दिदि बहिनिको पाउमा पर्दै नया गाउको लागि तत्कालै पानी अभियान शुरुआत गर्न गइरहेको जानकारी गराउदछु । जसरी विभिन्न क्षेत्रबाट नमागेर स्वस्फूर्त साथ मिल्यो त्यसै गरि नया गाउँको लागि पनि जब सम्म सरकारले पानीको लागि साथ दिने छैन तब सम्म म निरन्तर पानीको लागि लडिरहनेछु भनी प्रतिबद्धता जाहेर गर्दछु ।

२०१६ फेब्रुअरी २९ देखि पानी अभियान शुरु गरेपछि लगातार मेरो गाउँमा उपमहानगर पालिका लगायत सरकार जनता सबैले आ आफ्नो क्षेत्रबाट हरेक तरहले विभिन्न कोणले पानीको लागि संघर्ष गरेकोमा सबैको योगदानलाई नमन गर्नैपर्दछ । म त एउटा बिदेशमा बरालिएको हराएको मात्र एउटा झिल्को थिए आखिर काम गर्ने सरकार लगायत विभिन्न ठाउँमा हार गुहार गर्ने मेरा आदरणीय गाउघरका विभिन्न बिचार आस्था बोकेका आदरणीय व्यक्तित्व हुनुहुन्थ्यो उहाहरु बिना मैले सोचेको पानी अभियानको मर्म पूरा हुदैनथ्यो ।
मैले मेरो गाउको लागि अब सङ्घर्ष गर्न नपर्ने गरि विभिन्न ठाउँमा बिभिन्न श्रोतको माध्यमबाट बोरिङ विभिन्न क्षेत्रबाट खनिएकोमा सबै प्रति आभार प्रकट गर्दछु । आजका मितिदेखी मेरो गाउँको पानी अभियानको लागि पानीको लागि दिइएको बैन्क अकाउन्टमा रकम जम्मा नगर्न हुन पनि अनुरोध गर्दछु ।
अब नयाँ गाउँ केही दिनमै घोषणा भएर केही जम्मा भएको रकम र इच्छुक व्यक्तिहरूलाई उक्त गाउँमा पानीको लागि साथ दिन अपिल गर्नेछु ।
जुन बेला पानी अभियान शुरु गरे त्यो बेला शुरुआती चरणको फेसबुक स्ट्याटस
यहि स्ट्याटसको आधारमा मेरो गाउँमा पानी समिती गठन भएको थियो ।

बिदेशी क्यालेन्डर अनुसार हरेक चार बर्षमा देखा पर्ने मेरो जन्म दिन फेब्रुअरी 29 तारिक । आज फेब्रुअरी 29 गते जन्म दिनको अवसरमा मेरो जन्मभुमीमा पानीको लागी नेपाली रुपैया 50 हजार छुट्ट्याउदै “पानी अभियान लक्ष्मीपुर 7 र 8 “शुरु गर्ने निर्णय गरे यो अभियान सम्पन्न हुन झन्डै एक करोड आवस्यक पर्छ । थोपा थोपा मिलेर नदी बन्दछ । कुनै संघ संस्था व्यक्तिहरुलाइ पानी अभियानको लागी मेरो अर्को जन्म दिन सम्म सफल पार्न हरेक व्यक्तिहरुलाई हार्दिक अनुरोध गर्दछु । जन्मिसके पछि आफ्नो गाउको लागी केहि गर्न सकिएन भने जन्मदिन कसका लागी मनाउने ? के को लागी मनाउने ? मलाई कुनै केक काट्नुछैन जबसम्म यो अभियान सफल हुदैन तब सम्म म तड्पिएर बाचिरहनेछु । तड्पिएको देख्ने कि खुशी देख्ने ? मेरो गाउँ पानी नपाएर तड्पिएको छ । हजुरबुवा हरु पानी भनेर तड्पिदै स्वर्गेवास हुनुभएको छ । बुवा आमाहरु पानी पानी भनिरहनु भएको र झन्डै चार हजारलाई निवेदन पनि गरि सके । म कुनै वादको झोला नबोकेकोले आश्वाशनमा मात्र भर पर्दैन आश्वासन त पाए तर ठोस जवाफ पाउन सकेन । बिसौ बर्ष भैसक्यो । आस्वासनका बिस्कुनहरु सुकाइए । म एक्लै त केहि गर्न सक्दैन सामाजिक अभियानको लागी प्रेरित गर्न सक्छु । आश्वासनमा हुर्केको गाउ मेरो पबित्र जन्मभुमीको ” पानी अभियान लक्ष्मीपुर 7 र 8 दाङ ” को लागी तपाइहरु कसले के गर्न सक्नुहुन्छ । प्लीज कमेन्टमा लेखिदिनुस । अर्को चार बर्ष पछि देखिने 2020 फेब्रुअरी 29 को जन्म दिन सम्ममा यो काम पुरा भएको देख्न पाइयोस रिण गरेर जुटाएको यो रकम नतुहियोस । यहि मेरो सपना ।।।। “जय पानी अभियान लक्ष्मीपुर 7 र 8 दाङ ”
मित्र लाल पार्दे
हरेक घरमा धारो होस् , हरेक गाउँमा सिंचाइ होस् ।
#जयपानीअभियान

प्रस्तुत कर्ता: सुसन परियार बिसर्जन

पोल्यान्ड

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.