कलश खरेल,लिस्बन,अगस्ट-१७: जब मानिसमा इच्छा ,दृणता र लगाब मुखारित हुन्छ भने जस्तो सुकै अबस्थामा पनि मिसन सफल बनाउन समर्पित हुन्छ।दाङमा जन्मेको एक युबा जो स्वयं आफै प्रबासमा केही आर्थिक आर्जन गर्ने उद्देश्यका साथ प्रबेश गरेका थिए तर आफ्नो आर्थिक समृद्धि भन्दा पानीबाट काकाकुल परिबारलाइ पानी दिनु उनले धर्म सम्झे।त्यति मात्र नभएर दाङको एउटा सिङ्गो गाउँनै पानीको अभाबमा छट्पटीरहेको थियो ।उक्त गाउँलाई पानीबाट बिभुषित गरेर आहालमा पिल्सिएका गाउबासिलाइ राहत प्रदान गर्ने उदघोष गरेका थिए।उक्त उदघोषलाइ औपचारिकता दिदै बिन्दुमा पुर्याएका समाजसेबी,उर्जाशिल,रास्ट्रभक्त एबम महान पानी अभियानकर्ता मित्रलाल पार्देले सन २०१६ फेब्रुअरी २९ तारिख आफ्नो जन्मदिनको अबसर पारेर ५०,००० नगद जम्मा गरि करोड पानी अभियान सुरु गरे।अहोरात्र आफ्नो गाउँ सुनपुर ७,८ को लागि पानीको मुल फुटाउन खटिरहे।न कुनै स्वार्थ न कुनै लोभ केबल घर-घरमा पानीका धारा जोड्ने अभियानमा सदैब सरिक भए पार्दे।आज एक सुचना मार्फत पानी अभियानमा होस्टेमा हैसे गर्ने सहयोगी बेक्तिहरुलाइ विशेष आभार बेक्त गरेका छन।अप उपरान्त सरकार ,जनता, सस्था र देश बिदेशको साथ पाए पछि उक्त पानी अभियान शुरूवात गरेको गाउँको लागि रकम नउठाउने घोषणा गरेका छन्। आज उक्त गाउँमा उपमहानगरपालिका गाउका जनता, सरकार र सस्थाले चासो दिएर उनको सपनामा केन्दृत भएकोले अब उनी उक्त गाउको लागि संघर्ष गर्न परेन। यद्यपि पानी नभएको ठाउँमा सरकार नपुग्दा सम्म निरन्तर जीवनभर संघर्ष गर्न नछाड्ने उनको अडान यथावत छ ।तथापी कुनै ठाउँ वा क्षेत्र पानीबाट बन्चित भएको जानकारी आएमा सहयोगकोलागि भने सदैब तल्लिन रहने बताएका छन।एक समाजसेबी कहिल्यै आफ्नो निजि जीवन सबल र समृद्ध बनाउने कल्पना गरेनन।केबल समाज ,जनता,दिनदुखी,गरिब र अन्यायमा परेका जनताको निम्ति लडिरहे,जुधिरहे र अन्त्यमा सपना साकार बनाएरनै उदारहणिय बेक्ती बने।उनै नेपाली जन-जनका सम्बाहाक एबम सफल पानी अभियानकर्ता पार्देद्वारा जनहितकालागी जारी बिज्ञप्ति :
आभार प्रकट
पानी अभियानमा साथ दिने हरेक व्यक्तित्वहरु प्रति हार्दिक आभार प्रकट गर्दै अब मेरो गाउको लागि पानीको नाममा रकम नउठाउने घोषणा गर्दछु । केही दिनमा नयाँ गाउँमा सरकारले नहेर्दा सम्म पानी अभियान निरन्तर चलाउने प्रतिबद्धता जाहेर गर्दछु । यो खुसि हौसला साथप्रति म जीवनभर नतमस्तक छु।आज भन्दा चार वर्ष अघि मेरो जन्म दिनको अवसरमा सुनपुर गाउँमा ७ र ८ को लागि करोड पानी अभियान शुरु गरे । करोड पानी अभियान शुरु गर्दा सुनपुर ७ र ८ जुटेर सुनपुर सरसफाइ खानेपानी समिती तयार भयो। पछिका दिनमा विश्व भरबाट हरेक आदरणीय व्यक्तित्वको साथ हुँदै गयो । मेरो एवं हाम्रो उद्देश्य हाम्रो उद्देश्य पानी हुनु थियो। आजका मिति सम्म नेपाल सरकार सिचाइ बिभाग काठमाडौ सिमेन्ट उद्द्योग आदरणीय व्यक्तित्वहरु एवं हरेक देश तथा बिदेश बस्ने हरेक व्यक्तित्वहरुको माया सदभावले अब मलाई मेरो गाउको लागि पानीको लागि सहयोग रकम उठाउन नपर्ने अवस्था आएको छ । मैले र हामिले सोचेको परिकल्पनालाई ठोस रुपमा विभिन्न अवयवहरुबाट सफल भैरहेको सुन्न पाउँदा मलाई गर्व लागेको छ। यस महान कार्यमा विभिन्न रुपबाट मेरो गाउँका बुवा आमा एबम प्रेम केसिको संयोजकत्वमा गठित समितीलाई हार्दिक धन्यवाद दिन्छु। साथै मेरो सोचको अभियानमा साथ दिने परिवारका हरेक परिवारको पाउमा पर्दछु। उहाँहरु सबै प्रती आभार प्रकट गर्दछु।अब सुनपुर गाउँको लागि पानीको लागि स्वस्फूर्त रकम नउठाउने घोषणा गर्दछु। कृपया अब केही दिन अर्को गाउँ जहाँ सरकार पुगेको छैन जहाँ पानी पुगेको छैन। त्यो गाउँको लागि सरकारको आँखा नपुग्दा सम्म निरन्तर पानी अभियान संचालन हुने जानकारी गराउदछु।
मैले सोचेको परिकल्पनामा केही आदरणीय व्यक्तित्वहरुले पहिले यदि पानी अभियानमा बोलेको रकम अब नयाँ गाउको लागि सरकारले आफ्नो जिम्मेवारी बहन नगर्ने हुदासम्म मेरो परिकल्पनालाई साथ दिन अनुरोध गर्दछु । हरेक घरमा धारो होस् , हरेक गाउँमा सिंचाइ होस। यो नारामा म जिवनभर लागिरहनेछु। यो नारालाई समाजमा स्थापित गरिदिन हुन हरेक वर्गसित अपिल गर्दछु ।
आदरणीय बुवा आमा पत्रकारमित्रहरु एवं विभिन्न वर्गका व्यक्तित्वहरु तपाइहरुको प्रेरणा उत्साह साथले गर्दा सकारात्मक कदमलाई मैले जुन सोचेको थिए त्यो सोचलाई गोरेटो बनाउने काम गरेकोमा नमन गर्दछु । मलाई जीवन भर पानी यात्रामा लाग्न प्रेरित गरिदिनुहोला ।
पहिले घोषणा गरेका आदरणीय केही व्यक्तित्वहरुको रकम अब नया गाउँमा तत्कालै पानी अभियान शुरु गरेपछि त्यहा साथ दिन हुन हार्दिक अनुरोध गर्दै म मेरो अभिभावक गाउले बुवा आमा दाजुभाइ दिदिबहिनिको पाउमा पर्दै नया गाउको लागि तत्कालै पानी अभियान शुरुआत गर्न गइरहेको जानकारी गराउदछु। जसरी विभिन्न क्षेत्रबाट नमागेर स्वस्फूर्त साथ मिल्यो त्यसै गरि नया गाउँको लागि पनि जब सम्म सरकारले पानीको लागि साथ दिने छैन तब सम्म म निरन्तर पानीको लागि लडिरहनेछु भनी प्रतिबद्धता जाहेर गर्दछु। २०१६ फेब्रुअरी २९ देखि पानी अभियान शुरु गरेपछि लगातार मेरो गाउँमा उपमहानगर पालिका लगायत सरकार जनता सबैले आ आफ्नो क्षेत्रबाट हरेक तरहले विभिन्न कोणले पानीको लागि संघर्ष गरेकोमा सबैको योगदानलाई नमन गर्नैपर्दछ। म त एउटा बिदेशमा बरालिएको हराएको मात्र एउटा झिल्को थिए। आखिर काम गर्ने सरकार लगायत विभिन्न ठाउँमा हार गुहार गर्ने मेरा आदरणीय गाउघरका विभिन्न बिचार आस्था बोकेका आदरणीय व्यक्तित्व हुनुहुन्थ्यो। उहाहरु बिना मैले सोचेको पानी अभियानको मर्म पूरा हुदैनथ्यो ।
मैले मेरो गाउको लागि अब संघर्ष गर्न नपर्ने गरि विभिन्न ठाउँमा बिभिन्न श्रोतको माध्यमबाट बोरिङ क्षेत्रबाट खनिएकोमा सबै प्रति आभार प्रकट गर्दछु । आजका मितिदेखी मेरो गाउँको पानी अभियानको लागि पानीको लागि दिइएको बैंक अकाउन्टमा रकम जम्मा नगर्न हुन पनि अनुरोध गर्दछु। अब नयाँ गाउँ केही दिनमै घोषणा भएर केही जम्मा भएको रकम र इच्छुक व्यक्तिहरूलाई उक्त गाउँमा पानीको लागि साथ दिन अपिल गर्नेछु। जुन बेला पानी अभियान शुरु गरे त्यो बेला शुरुआती चरणको फेसबुक स्ट्याटस :यहि स्ट्याटसको आधारमा मेरो गाउँमा पानी समिती गठन भएको थियो ।
बिदेशी क्यालेन्डर अनुसार हरेक चार बर्षमा देखा पर्ने मेरो जन्म दिन फेब्रुअरी 29 तारिक । आज फेब्रुअरी 29 गते जन्म दिनको अवसरमा मेरो जन्मभुमीमा पानीको लागी नेपाली रुपैया 50 हजार छुट्ट्याउदै “पानी अभियान लक्ष्मीपुर 7 र 8 “शुरु गर्ने निर्णय गरे यो अभियान सम्पन्न हुन झन्डै एक करोड आवस्यक पर्छ । थोपा थोपा मिलेर नदी बन्दछ । कुनै संघ संस्था व्यक्तिहरुलाइ पानी अभियानको लागी मेरो अर्को जन्म दिन सम्म सफल पार्न हरेक व्यक्तिहरुलाई हार्दिक अनुरोध गर्दछु । जन्मिसके पछि आफ्नो गाउको लागी केहि गर्न सकिएन भने जन्मदिन कसका लागी मनाउने ? के को लागी मनाउने ? मलाई कुनै केक काट्नुछैन जबसम्म यो अभियान सफल हुदैन तबसम्म म तड्पिएर बाचिरहनेछु। तड्पिएको देख्ने कि खुशी देख्ने ? मेरो गाउँ पानी नपाएर तड्पिएको छ। हजुरबुवा हरु पानी भनेर तड्पिदै स्वर्गेवास हुनुभएको छ। बुवा आमाहरु पानी पानी भनिरहनु भएको र झन्डै चार हजारलाई निवेदन पनि गरि सके। म कुनै वादको झोला नबोकेकोले आश्वाशनमा मात्र भर पर्दैन। आश्वासन त पाए तर ठोस जवाफ पाउन सकेन। बिसौ बर्ष भैसक्यो । आस्वासनका बिस्कुनहरु सुकाइए। म एक्लै त केहि गर्न सक्दैन सामाजिक अभियानको लागी प्रेरित गर्न सक्छु । आश्वासनमा हुर्केको गाउ मेरो पबित्र जन्मभुमीको ” पानी अभियान लक्ष्मीपुर 7 र 8 दाङ ” को लागी तपाइहरु कसले के गर्न सक्नुहुन्छ । प्लीज कमेन्टमा लेखिदिनुस । अर्को चार बर्ष पछि देखिने 2020 फेब्रुअरी 29 को जन्म दिन सम्ममा यो काम पुरा भएको देख्न पाइयोस रिण गरेर जुटाएको यो रकम नतुहियोस । यहि मेरो सपना ।।।। “जय पानी अभियान लक्ष्मीपुर 7 र 8 दाङ “
हरेक घरमा धारो होस् , हरेक गाउँमा सिंचाइ होस् ।