गुल्मी समाज पोल्यान्डबाट बाढी पिडित सहयोगार्थ झन्डै २ लाख २० हजार प्रदान

FB_IMG_1566062584264.jpg
नेपालको गुल्मी जिल्लामा परेको आपत बिपतमा पोल्यान्डमा रहेको गुल्मी समाज पोल्यान्डले उदाहरणीय कार्य गर्दै समाजका उपाध्यक्ष बिदुर शर्माको हातबाट गुल्मी जिल्लामा बाढी पिडितलाई झन्डै २ लाख २० हजार हस्तान्तरण गरेको छ ।
यस मानवीय कार्यमा साथ दिने हरेक सहयोगी मनहरुलाई गुल्मी समाज पोल्यान्ड अध्यक्ष प्रकाश तिवारी र सचिब नुमनाथ न्यौपानेले हार्दिक आभार प्रकट गर्दै एक बिज्ञप्ती जारी गरेका छन् ।

गुल्मी समाज पोल्यान्डले जारी गरेको बिज्ञप्ती

आदरणीय पोल्यान्ड बासी नेपाली दाजुभाई तथा दिदिबहिनी हरु सम्पुर्ण मा नमस्कार,केही समय पहिले प्राकृतिक बिपत्ति ले गुल्मिको सत्यबती गाउपालिका मा ठूलो मानबिय तथा भौतिक क्षति भएको थियो।उक्त बिपतको समय मा सहयोग गर्नु हामी सबैको कर्तब्य ठानी गुल्मि समाज पोल्यान्ड ले आर्थिक सङ्कलन अभियान सुरु गरेको थियो र हामिले सुरु गरेको यश अभियान मा विभिन्न सङ्घसस्थाहरु र यश अभियान मा सहयोग गर्नुहुने सम्पुर्ण दाजुभाइ दिदिबहिनी हरुप्रति गुल्मी समाज पोल्यान्ड हार्दिक आभार ब्यक्त गर्दछ।हामिले प्रदेशी भुमिबाट भएपनी पिडित ब्यक्ती तथा परिवार मा मल्हम पट्टि लगाउन सहयोग मिलोस भन्ने मनसायले सुरु गरेको यश अभियान बाट नेपाली दुई लाख सत्र हजार पाच सय(217500) रकम हस्तान्तरण गर्न सफल भएका छौ र गुल्मी समाज पोल्यान्ड परिवार यश अभियानमा साथ दिनुहुने गुल्मी समाज पोल्यान्ड का सम्पुर्ण पदाधिकारी ज्यु हरु लगायत पोल्यान्ड बासी सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनी र सङ्घसस्थाप्रती पुन: धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि यसरी नै देश रोईरहेको बेलामा हामी प्रदेश बाट भएपनी सबै एकजुट भै पिडित ब्यक्ती ,परिवार र समाज प्रति सहयोग को लागि गुल्मी समाज पोल्यान्ड परिवार हातमा हात मिलाउनको निम्ति सदैब तयार हुनेछौ भन्न चाहान्छौ।साथै यी र यस्ता अभियान मा कुनै जातिय,क्षेत्रीय तथा राजनीतिक पुर्बाग्र नराखी सबै एकजुट हुनेछौ भन्ने गुल्मि समाज पोल्यान्ड परिवार आशा अनि अपेक्षा गरेको छ।
अध्यक्ष
प्रकाश तिवारी
सचिव
नुमनाथ न्यौपाने
एबम
गुल्मी समाज पोल्यान्ड परिवार

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.