पोर्चुगलमा लामो समयदेखि बस्दै आइरहेका हेमराज सुवेदी सामाजिक बिकास र रुपान्तरण जस्ता कृयाकलापमा सकृय हुँदै आइरहेका एक लोकप्रिय बेक्ती हुन।नेपालिलेनै प्रदेशमा पीडा र समस्याबाट ग्रसित नेपालिलाइ मलम लगाउन अग्रसर हुनु पर्दछ भन्ने मार्गदर्शक सिद्धान्त अङ्गालेका सुवेदी सामाजिक अभियान्ता समेत हुन।पोर्चुगलमा रहदा पर्बत समाज पोर्चुगलको सस्थापक महासचिव ,नेपाली वेभ पत्रीकाको सस्थापक सदस्य ,कलाकार समूह पोर्चुगलको संयोजक र पुर्ब एन आर एन ए प्रबक्ता हुँदै विभिन्न संघ-सस्थामा आबद्ध हुँदै आइरहेका छन।नेपालमा रहदा शिक्षण पेशाको समेत अनुभव बटुलेका सुवेदी एक बैद्धिक बेक्तिको रुपमा समेत आम जनतामाझ चिरपरिचित छन।देश छोडेर के भयो र प्रबासमा रहेरपनी रास्ट्रकै लागि बिकासमा योगदान दिनु पर्छ भन्ने मुल मन्त्र आत्मसात गरेका सुवेदी पोर्चुगलबासी नेपालिको भरोसाको केन्द्रको रुपमा उदाएका छन।सामाजिक सद्भाव,एकता,मेलमिलापमा जोड दिइरहने सुबेदिले एन आर एन ए पोर्चुगलको महासचिव पदमा उम्मेदवारी दिएका छन।परिबर्तन आफैबाट सुरुवात गर्नु पर्दछ भन्ने नारालाइ शिरोधार्य गरेका सुबेदिको उम्मेदवारीलाई अर्थपूर्णरुपमा हेरिएको छ।पोर्चुगलबासी नेपालिहरुको हकहितमा काम गर्न कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाएका सुबेदिले एक पट्क मत दिएर परिक्षण गर्न सम्पूर्ण मतदातामाझ अपिल गरेका छन।