नेपाली भासा साहित्य का मुर्धन्य ब्यक्त्तित्व तथा बरिस्ठ साहित्यकार श्री मदनमणि दिक्षितको ९७ बर्षको उमेरमा देहावसान भएकोछ । हामी लाई उहाको देहावसान को समचार लेखी रहदा अनौठो खिन्नताको अनुभव भएको छ भने नेपाली साहित्तिक आकाश ले एउटा बलियो र चम्किलो जुन गुमाएको छ। दीर्घ, सरल र सकृय जीवन बांचेका दिक्षितको निधनलाई स्वीकार गर्ने सामर्थ्य कुनै पनि नेपाली साहित्य प्रेमी को रहदैन! यो घटना अत्यन्तै दुखद भएको छ। यो संसारमा बिरलै ब्यक्तित्वहरू अतुलनीय वा अपूरणीय हुन्छन् हो त्यस्तै श्री दिक्षित पनि नेपाली भासा साहित्य र पत्रकारिता मार्फत समाज लाई सतमार्ग मा डोर्याउन एक ससक्त युग पुरुस हुन भन्ने कुरा मा दुई मत छैन।
मदनमणिको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरिधारा काठमाडौ मा वि.सं. १९७९ फागुन ६ गते (सन् १९२३ फेब्रुवरी १७) का दिन भएको हो । भने वरिष्ठ आख्यानकार मदनमणि दीक्षितलाई वि. सं. २०६८ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो भने माधबी उपन्यास बाट मदन पुरुस्कार जितेका दिक्षित त्यतिबेला १७ बर्स का थिय। “माधबी” जस्तो कृति चानचुने प्रतिभाबाट प्रस्फुरित हुँदैन !! नेपालकाको पत्रकारिता क्षेत्रको त उनी अजेय स्तभ हुन् !! नेपालको पत्रकारिता क्षेत्रमा दुई स्कूल छ भनिन्थ्यो ! प्रजातान्त्रिक धाराको स्कूलको प्रतिनिधित्व स्वर्गीय चन्द्रलाल झाले गर्दथे भनिन्थ्यो ! बामपंथी पक्षको प्रतिनिधित्व स्वर्गीय मदनमणि दिक्षितले गर्दथे !! बैचारिक रुपमा मतैक्यता नभए पनि श्री दिक्षितको सम्मानमा स्वत: शीर निहुरिन्छ !!
साहित्यका दिक्षित केही समय अगाडि बाट बिरामी हुँदै निमोनियाका कारण गत साता ललितपुर को सुमेरु असपताल मा भर्ना भएका उनलाइ बुधबार डिस्चार्ज गरि घर ल्याइएको थियो।मुटु मिर्गौला र स्वास प्रस्वास समन्धी समस्या मा रहनु भएका उहाँ आफ्नै निवास मा शौचालय जादा बेहोस हुनु भएपछी परिवार ले उहालाइ कमल पोखरी स्थित हिमाल अस्पताल पुर्याएपछी बिहान ४ बजे अथात २०७६ श्रावण ३० बिहिबार उहाको निधन भएको त्यहा स्थित चिकित्सक ले बताएका छन।
उहाको पहिलो रचनाका रूपमा वि.सं. २०१९ मा रुपरेखा मा ‘कसले जित्यो कसले हार्यो’ शीर्षक कथा प्रकाशित भएको थियो । लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे । उहाका 1 दर्जन बढी चर्चित प्रकाशित केही कृतिहरू छन ।नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । ०७४ मा सरकारले दीक्षितलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पनि सम्मान गरेको थियो । दीक्षित साहित्यिक पत्रिका समीक्षाका सम्पादक पनि हुनुभेको थिए ।
यसरी साहित्य,कला र पत्रकारिता को माध्यम बाट समाज र देश मा उल्लेखनीय योगदान दिनुभएका साहित्यकार नेपाल र नेपाली का सधै अजर र अमर रहै रहनु हुनेछ।भगवानले श्री मदनमणि दिक्षित लाउ आफुमा समाहित गरून् भन्दै उहाको आत्माको चिर शान्ति को कामना। शोकसन्तप्त परिवार जन मा गहिरो सम्बेदा। अल्बिदा मदनमणी दिक्षित
सुसन परियार बिसर्जन
वार्स पोल्यान्ड