प्रेम शब्द आफैमा प्रिय शब्द पनि हो।प्रेमलाई कसि लगाउन वा फुलबुट्टा भर्नु पर्दैन।परापुर्बकालमा बुढापाकाले भन्ने गर्थे।धेरै नजर नलगाउ केटा-केटि हो माया जालमा परौला नि यस्तै- यस्तै शब्दहरुमा बुढा-पाका बहकिन्थे।माया भन्ने यस्तो शब्द हो जसको कुनै मापदण्ड हुदैन।जात-भात,लिङ्ग,क्षेत्र ,धर्म ,भुगोल वा सम्बन्धले प्रेमलाइ छेकबार गर्दैन।बास्तवमा प्रेमका अगाडि सबै बिषय गौण हुन जान्छ।श्यामसुन्दर बुर्लाकोटी आफ्नो बैबाहिक जिबनी सन्दर्भमा यसरी स्मरण गर्दछन।”मेरो बाजेको त पधेरामा पानी लिन जाने क्रममा बजै सङ्ग प्रेम सम्बन्ध स्थापित हुन पुगेछ र भागेर बिबाह गर्नु भएछ। मेरो सम्बन्ध पनि बसमा यात्राका क्रममा स्थापित भएको थियो।जतिखेर म धनगढीबाट काठमाडौ उच्च शिक्षाका लागि जाँदै थिए त्यतिखेर मेरो अर्धाङ्गीनी सङ्ग त्यही बसमा भेट भएको थियो।हामिले लगातार ७ बर्षको प्रेम सम्बन्ध पछि बिबाह गरेका थियौ।बिबाहपुर्ब जागिरमा जोडिएर आम्दानी आउने श्रोत भएपछी मात्र बिहे गरौला भन्ने हाम्रो समझदारी थियो।उक्त सहमतिका आधारमा बिहे गर्यौ।अहिले हाम्रो सम्बन्ध सुन जस्तै चम्किलो छ।बिबाह पछाडी बिबाद नआएको पनि हैन तर हामिले निकै सोझपुर्ण तरिकाले असमझदारी हटाउने गर्थेउ र अहिले पनि यदाकदा भएमा हामी निकै छिटो समझदारीमा आउछौ”। यहाँनीर के दर्शाउन खोजिएको छ भने माया वा प्रेम कतै सोझबुझ पुर्ण हुन्छ भने कतै चिन्तनबिना अन्धकारमा जोडिएको हुन्छ। प्रेमको स्पष्टीकरण बेक्तिअनुसार फरक अर्थमा होला।बाबुआमा ,दाजुभाइ ,दिदिबहिनी वा साथिहरुलाइ गर्ने माया फरक पाटोबाट जोडिएला।यधपी पुरुष र महिला बिच हुने प्रेमलाइ प्रमुखताकासाथ जोड्न खोजिरहेको अबस्था हो। कुनै प्रेम सम्बन्ध पबित्र र दीर्घकालीन हुन्छ्।एक अर्काको भावना,चिन्तन बिचार मिलेपछि प्रेमले सार्थकता पाउने हो।दीर्घकालीन चिन्तन-मननका बीचमा स्थापित प्रेमले बिबाहपछि पनि दुरुस्त गति लिन्छ।एक-अर्काको भावना र बिचारलाइ सम्मान गरीएका सम्बन्धले दुबै श्रीमान-श्रीमतिलाइ खुशी तुल्याउछ।सम्बन्ध दिगो र जिबन्त राख्न दुबै पक्षको भुमिका गहन हुन्छ जहाँ एकले अर्कोलाइ माइनस गरेर हैन कि समानताका आधारमा गरिने ब्यबाहार महत्वपूर्ण हुन्छ। आजभोलिका प्रेम सम्बन्ध धेरै जसो क्षणिक रोमान्समा गएर समाप्त हुने गरेको पनि पाइन्छ।बाल्य उमेरबाट जबानिमा रुपान्तरण हुँदै गर्दा चिन्तन,दृस्ठिकोण एबम बिचारमा व्यापक भिन्नता हुन्छ।बाबु-आमाको न्यानो मायामा हुर्किएको बाल्यकाल जबानिमा प्रवेश गरिरहदा पृथक प्रेमको अनुभूति गर्न मन लाग्छ।धेरै जसो प्रेम सम्बन्ध बिधालयमा सङ्गै अध्यन गर्दा सुरुवात हुने प्रक्षेपण गरिएको छ।जवानी अबस्थामा प्रेमजालमा परिसकेपछी केबल अगाडि उसको माया,मायामा अन्कुरिएका हासो,बोली, मुस्कान र तस्बिर झलझल आउने गर्दछ।भबिस्यमा गएर जीवन सबल हुन्छ वा हुदैन,आफू सक्षम छु वा छैन,आर्थिक अबस्था मजबुत छ कि छैन त्यो हेक्का कमै मात्रामा हुन्छ।प्रेम सम्बन्ध अन्कुरिदै गर्दा केबल उसै सङ्ग बाच्न पाए हुन्थ्यो ,हास्न पाए हुन्थ्यो,रमाइलो गर्न पाए हुन्थ्यो जस्तो लाग्छ।जब प्रेमजोडीहरु एक-अर्का बिना बाच्न नसक्ने बाचा-बन्धनमा बादिन्छ्न।केबल मायाको लहडले बिहे बन्धनमा बाधिने निर्णय गर्दछन।उनिहरुलाइ बिबाह बन्धनमा बाधिदै गर्दा घरमा बुवा-आमा,दाजुभाइ कसैको सहमती आबशयक ठान्दैनन।मायाका अगाडि अरु बिषय गौण हुन पुग्दछन।लहडमा बिबाह गरिसकेपछी मात्र एक-अर्काको कमजोरी महसुस हुन्छ।सम्बन्धमा बाधिएपछी आर्थिक बिषय टडकारो हुन्छ।केटाकेटी दुबैको आम्दानीको श्रोत नभएको परिप्रेक्ष्यमा दुबै पछुताउन सुरु गर्छन।मानौ तिनिहरुलाइ कसैले जबर्जस्ति बिहे मण्डपमा घुमाएको जस्तो भ्रम पैदा हुन्छ।अर्कोतर्फ बिबाहपुर्ब उचित लाग्ने आनिबानी बिबाहपश्यात अनौठो लाग्न थाल्छ।त्यही बोली,त्यही मुस्कानमा गासिएको प्रेम सम्बन्ध श्रीमान-श्रीमती भएपछी तितो लाग्न थाल्छ।कोहि अरु बेक्ती सङ्ग बोलेपनी शंका पैदा हुन्छ जहाँ फेरि अर्कै सङ्ग जाने होकि भन्ने आशंकाले पिरोल्न थाल्छ।एक -अर्काको कुराकानी पल-पलमा मजाक बन्न पुग्छ।केटाकेटीहरु आवेश र जोसमा बिबाह गरेर हतारमा बिहे,फुर्सदमा पछुतो भन्ने चरितार्थलाई अगाल्नु भन्दा गहन अध्यन र विश्लेषण गरेर बिबाह बन्धनमा बाधिनु मनासिब देखिन्छ।बिबाह दुखद अन्त्य हैन कि सुखद एबम जिबन्त बनाउन दुबै पक्ष सचेत हुन जरुरी छ। भैपरी श्रीजना हुने तिक्ततापुर्ण भाबलाइ एक आपसमा समझदारीमा गाठो फुकाउने यत्न गरे पछि पश्याताप गर्नु पर्दैन।