-भगवान गिरी
लिस्बन साउन,२६। लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको युरोप शाखाको दोस्रो अधिवेशन पोर्चुगलमा हुने भएको छ । लोक तथा दोहोरी प्रतिष्ठान नेपाल केन्द्रिय समितिका विदेश विभाग प्रमुख रमेश बिजीको साथमा राष्ट्रीय लोक दोहोरी कलाकार को उपस्थितिमा हुने भएको हो ।
नेपाली लोक संगीतलाई प्रवासमा रहेर पनि विकास एबम प्रवर्द्धन गरि विश्व भर फैलाउने उद्देश्यले स्थापित लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाले युरोपका विभिन्न देशमा रहेका कलाकारहरु संगठित गरेको छ भने सन २०१६ मा शाखाको आधिकारिकता पाएको थियो।शाखाको दोस्रो अधिवेशन यहि अगष्ट १८ गते आईतबार पोर्चुगलको राजधानी लिस्वोनमा हुने संस्थाकी अध्यक्ष सुमित्रा घिमिरे सापकोटाले जानकारी दिइन् ।
आसन्न दोस्रो अधिवेशनमा पोर्चुगलबासी नेपालिलाई उपस्थितको लागि अनुरोध गर्दै संस्थालाई अझै नयाँ ढङ्ग, नयाँ योजना र नयाँ जोशका साथ अगाडि बढाउने संस्थाका द्धितीय उपाध्यक्ष पुर्ण अर्यालले बताए ।
नेपाली लोक संगीतमार्फत देशको कला र सँस्कृतिको सरंक्षण तथा सम्बर्द्धन गर्न चाहने कुनै पनि व्यक्ति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाको सदस्य बन्न सक्ने बताउँदै अध्यक्ष साप्कोटाले सदस्य बन्नलाई कोहि पनि नछुट्न आग्रह गरिन ।
संस्थाको आफ्नै पञ्चेबाज भएकोले पञ्चे बाजामा नाच्न, दोहोरी गितमा को साथमा भरपुर रमाइलो गर्ने वातावरण बनाउनेमा प्रतिष्ठानका सचिव सुभाष पुन मगरले बताएका छन।