युबा गायक अमितको तीज गीत बुट्टे सारी चर्चामा

हाल अध्ययनको शिलशिलामा जापानमा रहेका गायक अमित सापकोटाको नयाँ तीज गीत सार्वजनिक भएको छ।अमितको ‘बुट्टे सारी’ बोलको गीत शुक्रबार सार्वजनिक भएको हो।उक्त गीत उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतमा अमित र देवी घर्तीको आवाज रहेको छ । गीतमा शब्द संगीत पनि अमितको नै रहेको छ।संगीत संयोजन भने यम थापा मगरको रहेको छ। गीतको भिडियोमा अमित र कबिता कँडेलको फिचर्ड रहेको छ।गीतको भिडियो जापानमा नै छायाँकन गरिएको अमितले जानकारी दिए।उनका अनुसार गीतको भिडियो जापानको योकोहामा भन्ने शहरमा छायाँकन गरिएको हो।अमित योकोहामामा नै बस्दै आईरहेको छन्।
अमितले नै निर्देशन गरेको भिडियोलाई गोबिन्द बिष्टले खिचेका हुन्। छायाँकनमा उनलाई खेमराज पौडेल र सन्तोष सापकोटाले सहयोग गरेका छन्। भिडियोमा अमृत चापागाईको सम्पादन रहेको छ । नेपाली दिदीबहिनीहरुलाई हरितालिका तीजको अग्रिम शुभकामना दिदै अमितले गीत सुनेर /हेरेर प्रतिकृया दिन सबैलाई आग्रह गरेका छन्।

आयो है हजुर ..💃’ बुट्टे सारी ‘💃
ढीला भएनी परदेशको ठाऊ बाट आफ़्नै दीदी बहिनीहरू को माँझ नाचगान सहित आफु पनी कम्मर मार्काऊने जमर्को गरेको छू … आशा छ हजुरहरू कै मायाले गर्दा गीतले गति लिनेछः
https://youtu.be/ywqFljtmC7A

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.