गैर आवासीय नेपाली संघ पोल्याण्ड ले आफ्नो पाचौं राष्ट्रिय महाधिवेशन सेप्टेम्बर १ मा गर्ने तय गरेको छ । यसै सन्दर्भ मा आजएनआरएन पोल्यान्ड को स्थापना के को लागि हो ? एन आर एन ए को सदस्यता किन लिने आदि इत्यादी बिसयमा केही केलाउने चेस्टा गर्दै छु। नेपाली र नेपाली भासा सस्कृती लाई जोड्ने एउटै कुनै सस्था वा आधिकारिक श्रोत छ त त्यो हो एन आर एन ए। हुनत “एकपटक को नेपाली सधैको नेपाली” भन्ने मुल नारा लाई आत्मसाथ गर्दै नेपाली हरुको हकहित मा निरन्तर कार्य गर्दै आइरहेको यश सस्था ले हरेक समय दिल भित्र देश बोकेर प्रवास मा कर्म गर्दै आइरहेका हरेक नेपाली को हक हितमा कटिबद्ध भयर लागेको एक राजनीति रहित गैरमुनाफा मुलक सामाजिक सस्था हो भन्ने कुरा सर्ब बिदितै छ।
विभिन्न देश मा चुनाबी सरगर्मी ह्वात्तै बढे सङ्गै पोल्यान्ड मा पनि यो हावाले नछोएको भने हैन। तर अन्य देश मा जस्तो पोल्यान्ड मा उम्मेदवारि को घोषणा गर्ने र आफ्ना कागजी योजना हरु प्रस्तुत गर्ने कार्य आजका मिति सम्म भएको छैन। यस्को अर्थ पोल्यान्ड मा नेपाली हरु थोरै छौ र गैराअवाशिय नेपाली संघ आज सम्म बिबादरहित र नेपाली हरुको ढुकढुकी बन्दै आइरहेको कुरा नकार्न सकिन्न। उसो त नेपाली हरुले समस्या पर्दा मात्र एन आर एन ए सम्झने परिपाटी लाई त्याग्न को लागि पनि पहिले सस्था सङ्ग जोडिनु अत्यन्तै आवास्यक्ता हुने कुरा म देख्छु यिनै बिसयमा रहदा अब को अधिबेशन ले पदका लागि र पहुछ को आधार मा नरही नेपाल र नेपालिका लागि कटिबद्ध भयर कर्म गर्न सक्ने ससक्त उम्मेदवार हरुलाइ पदिय जिम्मेवारि दिन सक्यो भने केही हद सम्म आज सम्म सस्थाले पाएको सफलतालाई दस गुणा बढी प्रतिफल पाउन सकने कुरा मा दुई मत छैन। अधिबेशन को समय नजिकिय सङ्गै रास्टृय समन्वय परिसद ले सदस्यता दर्ता का लागि पनि आबहान गरिरहेको छ। सदस्यता लिन यसपाली ईन्टरनेट को माध्यम बाट लिनु पर्ने हुदा केही असहज भयपनि यस्ले भबिस्यमा दिने फाइदा सस्था र ब्यक्ती दुबैका लागि निक्कै फाइदा जअनक देखिनछ। यदि तपाईं पनि छुट्नु भएको छ भने आजै निम्न लिन्क ओपन गरेर आफ्नो सदस्यता लिन सक्नु हुन्छ। जसका लागि https://mero.nrna.org/ दिएको छ भने NRNA पोल्यान्ड ले आफ्नो फेसबुक पेज मार्फत पनि कसरी सदस्यता लिन सकिने कुरा प्रस्ट सङ्ग सिकाएको छ। अब आउनुस केही ससयता हुनुका फाइदा बारे चर्चा गरौ।
१) सर्ब प्रथम त दिल भित्र देश बोकेर बाच्ने सच्चा नेपाली ले लिनै पर्ने
२) हामी सधै सम्स्या मात्र र कम्जोरी मात्र देखाउछौ जब सम्स्या पर्छ तब सस्था खोज्छौ यश अर्थ अधिकार पाउन कर्तव्य पनि पूरा गर्नुहोस जस्ले गर्दा अझ तपाईं लाई सस्था सङ्ग नजिकिन सहयोग पुग्दछ ।
३) यश पाली नेपाली र बिदेशी करिब १५० भन्दा बढी संघ सस्था र बित्तिय क्षेत्र का सस्था एन आर एन ए सङ्ग जोडिदै छन जस्ले गर्दा यदि तपाईं बिदेश मा एन आर एन ए को सदस्य भयमा ती सस्थाले दिने विभिन्न छुट र सुबिधा नेपाल मा रहेका तपाइका परिवार ले संवत्: प्राप्त गर्ने छन भने सोयम तपाइले पनि सम्बन्धित देश मा रहेर धेरै छुट, सेवा र सुबिधा लिन सक्नुहुनेछ।यो तस्बिर NRNA पोल्यान्ड को फेसबुक पेज बाट लिइएको छ।
४)
४)
जागरुक नेतृत्व, ससक्त र सकृय नेतृत्व ले नै सस्था सबल बन्ने हुदा तपाईं हामी बाहिर बसेर आलोचना गर्नु भन्दा सस्था को सदस्यता लियर यस्को बिकास र सस्थागत गतिबिधी लाई सम्पुर्ण नेपाली माझ पुर्याउनु सफल हुनेछौ।
५) घर परिवार छोडेर परदेसियका हामिलाइ नेपाली हरुको बिच मा भेटघाट, अन्तरकृया र आत्मियता जोड्ने छ।
६) बिबिधता मा एकता भन्ने नेपालिको हरुको विश्व मै एक मात्र नरा लाई पुर्णता: दिन पुर्ब को ले पश्चिम हिमाल को ले तराइ पहाड को ले मधेस को नेपाली सङ्ग परिचय गराउने छ।
७) बिदेशी भुमिमा रहेर नेपाली श्रमिक का लागि काम गर्ने यो सस्था नेपाल मा पनि दर्ता भएको र सम्भबत: युरोप मा पनि सबै भन्दा पहिला पोल्यान्ड मै दर्ता भएको सस्था हुदा तपाइ हाम्रो सुख दुख को पहरेदार एक मात्र अभिभाक सस्था पनि हो।
९)थोरै पन्जिकृत सदस्य संख्या हुनाले अन्तरास्ट्रि महाधिवेशन मा न्यून सहभागिता रहदै आएको छ जस्को कारण हामिले हाम्रो दायरा र कार्यक्षेत्र फराकिलो बनाउन सकिरहेका छैनौं यसैका लागि पनि तपाईं हाम्रो सदस्यता जरुरी छ जस्ले गर्दा करिब ८० भन्दा बढी देश मा रहेका नेपाली हरु सङ्ग बन्धुत्व भावना साटासाट गर्ने अवसर सिर्जना हुने छ।
१०) हुन सक्छ तपाईं यो देश को कानुन नजानेर, काम गर्दा आइ पर्ने अप्ठ्यारो लाई हल गर्न नसकेर भासा नजानेर डकुमेन्टेसन समस्या, कोठा नपायर समस्या या काम नपायर समस्या मा हुनुहुन्छ भने यो सस्थामा जोडिएका सयौ नेपाली हरुले तपाईं हामी लाई सहयोग गर्न सक्छन जस्ले गर्दा पनि सदस्यता जरुरी छ।
११) सस्था कहिल्यै अगतिलो र नराम्रो हुदैन त्यसैले एक ब्यक्तिको खराबिले सम्पुर्ण दोस सस्थालै नथोपरौ बरु आफु सदस्य भयर अरु लाई पनि सदस्य हुन प्रेरित गरौ।
१२) एक थुकी सुकि सय थुकी नदि भनेझै जब हामी पोल्यान्ड बासी सम्पुर्ण नेपाली सदस्य हुन्छौ तब हामी सबल र सक्षम सस्था निर्माण गर्न सफल हुन्छौ जस्ले गर्दा हामी हाम्रा समस्या योजना लाई सबिस्तार क्रमिक रुपले कार्य सम्पादन गर्न सक्छौ।
अन्तमा चुनाब र भोट भन्दा भब्दै बिभक्त बनेका नेपाली का लागि एन आर एन ए पोल्यान्ड ले आफ्नो सकारात्मक प्रभाब च्जोड्न कुनै कसुर नराखोस।हाम्रा भन्दा पनि राम्रा र नेपाल र नेपाली को हकहित मा लाग्ने ससक्त नेतृत्व लाई हस्तान्तरण गरोस। अग्रज र पुराना पदाधिकारी ले नया कार्यसमिति लाई केही नबिन्तम सोच बिचार र योजना सहित कार्य गर्ने बाताबरण सिर्जना गर्न कुनै हस्तक्षेप नराखुन। म साहित्य सिर्जना, नेपाल र नेपाली का बारे तथा एनआरएनए बारे लेख लेखु रहने छु निरन्तर एन आर एन ए को गतिविधि लाई बिश्व सामु पुर्याउन र सस्था क्क अग्रगामी बिकास मा आफ्नो क्षेत्र नाट निरन्तर लागिरहने छु।
एन आर एन ए सम्बन्धी मेरो यो लेख लाई निर्बाचन को पुर्ब सन्ध्यामा पारी निर्वाचन कै रोइलोको रुपमा नलिइदिनु हुन तिक्ष्ण दिमाख भएका ब्यक्तित्व हरुमा बिनम्र अनुरोध गर्दै इमान जमान र नैतिकता को धरातल मा नचिप्ली नेपाल र नेपाली का लागि गौरब गर्ने एक मात्र सस्था गैर आवाशिय नेपाली संघ पोल्यान्ड भएको कुरा नकार्न सकिन्न तेसैले परेपछी मात्र खोज्नु भन्दा आजै एन आर एन ए को सदस्यता नेपाली को एकता भन्ने कुरा लाई हृदयङ्गम गर्नु हुन सम्पुर्ण मा बिनम्रता पुर्बक अनुरोध गर्दछु।
जय एनआरएनए
जय नेपाली
जय नेपाल
सुसन परियार बिसर्जन
वार्स पोल्यान्ड
OK
LikeLike