गुल्मी समाज पोल्यान्ड र पोर्चुगलद्वारा पहिरो पिडितलाई रकम हस्तान्तरण

गुल्मी २६ साउन
गुल्मीको सत्यवति गाँउपालिकाका पहिरो पीडितलाइ प्रवासमा रहेका नेपालीहरुले सहयोग गरेका छन् । गुल्मी समाज पोल्याण्डले २ लाख १७ हजार ५ सय रुपैया सहयोग गरेको हो भने गुल्मी समाज पोर्चुगल बाट ७१ हजार ५ सय रुपैया राहत रकम प्रदान गरिएको छ ।त्यसैगरी गुल्मीका फोटो ग्राफर रविलाल पौडेलले संकलन गरेको २० हजार ५ सय ५१ रुपैया पनि हस्तान्तरण गरिएको छ ।

युकेबाट सिता अर्यालले दश हजार, जापानबाट हरि प्रसाद पौडेलले ५ हजार ५ सय १ र प्रतिभा रिजालले जापानबाट ५ हजार ५० रुपैया पौडेल मार्फत पीडितलाइ प्रदान गरिएको हो ।मृतक का परिवार लाइ पाँच पाँच हजार को दरले ३५ हजार रुपैया नगद हस्तान्तरण गरिएको छ भने बाँकी २ लाख ७४ हजार ५ सय ५१ रुपैया विपद व्यवस्थापन कोषमा जम्मा गरिएको छ । कुल रकम ३ लाख ९ हजार ५ सय ५१ पहिरो पीडितलाइ सहयोग गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा गुल्मी समाज पोल्याण्डका उपाध्यक्ष बिदुर शर्मा, फोटोग्राफर द्धोय रविलाल पौडेल र देविराम घिमिरे, त्रिभुवन माबिका शिक्षक दधिराम शर्मा, समाजसेवी हरि शर्मा, ब्यापारी बिपिन गुरुङ लगायतको टोलि पुगेको थियो । सो रकम गाँउपालिका अध्यक्ष पारिश्वार ढकाल तथा अन्य जनप्रतिनिधिको उपस्थितीमा हस्तान्तरण गरिएको थियो । सहयोग बुझेपछि गाँउपालिका अध्यक्ष ढकालले दुखको घडीमा मल्हम लगाउन पुगेका सबैमा धन्यवाद व्यक्त गरे।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.