मन थिएन जोगि बन्नलाइ हात हेराउदा ज्योतिषीले राम्रै हुन्छ भन्थे भन्नलाइ।यो गीत थियो चर्चित गायक बद्री पङ्गेनिको।सायद समय चक्र घुम्दै गर्दा यो गीत जीवनको एक गम्भीर मोडमा सामिप्य भएको आभास हुन्छ।रङ्गीन सपनाहरू बुन्दै ,समृद्ध जिबनको कल्पना गर्दै सघर्षको डुंगा मा यात्रा तय गरेको एक मानिस भक्कानिएर रुन सुरु गर्छ।मानौ उसले अपराधनै गरेको छ।समयको दरार यति पेचिलो बन्छ कि तल झरौ प्रतिज्ञा तुहिने माथी जान भरमग्दुर प्रयास गर्दा प्रखाल पार गर्न नसक्ने। आज हामी श्रीमान र श्रीमती बिचको सम्बन्ध र असमझदारी बिचमा आउने अनपेक्षित परिणामको बिषयमा केही चर्चा गर्ने जमर्को गरेका छौ। जीवन खुशी बनाउने र सुखी बनाउने जति श्रीमानको हात हुन्छ उत्तिकै मात्रामा श्रीमतिको पनि भुमिका हुन्छ।खुशी,हासो,सुख ,दु:ख,पीडा ,बेदना र भैपरी आउने समस्यालाइ हातेमालो गरि एउटै रथमा गुडाउने दुबै बिचमा बिबाह हुँदै गर्दा पारस्परिक समझदारी हुन्छ।सुखको बागडोरमा होमिदा दुबै बिचमा जति रमाइलो,आनन्द र बिलासिता हुन्छ त्यही परिदृश्य पिडाको भुमरिमा लपेटिदै गर्दा शतप्रतिशत हुन्छ या हुदैन यो पक्कै बिस्लेषणात्मक पक्ष हो।कतिपय जोडिमा निरन्तर समर्पण र लगाब देखिन्छ भने कतिपयमा क्षणिक नाट्य दृश्यले घोतलेको देखिन्छ।समयको मागनुसार श्रीमानले आर्थिक पाटोलाइ मजबुत गराउन योग्यता परिक्षणमा सफल भयो कि भएन जुन चर्चाको बिषय पक्कै रहन्छ।अर्कोतर्फ सुखी परिबार र समृद्ध परिबार बनाउन प्रायः श्रीमान हरपल दौडमा समाबेश भएकै हुन्छ। कुनै समय दौडमा असफल पनि हुन सक्छ।यहि दौडको शिलशिलामा असफल हुँदा श्रीमतिले अर्को दौडको लागि प्रेरित गर्न सकिन भने श्रीमान साहासको रथमा अगाडि बढदछ तर निरन्तर अशोभाबिक दबाब श्रीजना गर्दा परिणाम निरअर्थक हुन पुग्दछ।फरक कोणबाट व्याख्या गरिरहदा श्रीमानले श्रीमतिको भावना दुरुस्त अङ्गीकार गर्न नसकेको परिपेक्षमा असन्तुष्टिको दायरा बढदै जान्छ।श्रीमानले पनि जिबनसङ्गीनिका भाबलाइ कुल्चेर हिड्नु कदापी मनासिब हुदैन।दुबैको समान उद्देश्य छोराछोरी,बुवाआमा एबम सबपरिबारलाइ सुखको अनुभूति दिलाउनुनै अग्रभागमा देखिन्छ।यसको सापेक्ष अर्थ स्वयं दुबै जना पनि आनन्दको रथमा पहेली खेल्नुनै हो।तर कहिलेकाही परिस्थिति जटिलतातर्फ उन्मुख हुन्छ।आर्थिक अभाबलेनै बडी भन्दा बडि दुबै बिचमा असमझदारीको गाठो कसिलो हुँदै जान्छ।श्रीमतिका हरेक चाहना र इच्छा जब श्रीमानले पूरा गर्न असक्षम हुन्छ तब त्यहाँ नैराशयता,आशन्का,नकारात्मक भाब पेचिलो हुँदै जान्छ।कतिपय समय सम्बन्ध माया-प्रेममा भन्दापनि धनमा आकर्षित हुदा दिगो नभएका कयौ उदारहण हामी माझ छन।सम्बन्ध सहज ,प्रगाढ र विवादरहित बनाउन दुबैको भुमिका उत्तिकै हुन्छ।कमजोर अबस्थामा आरोप-प्रत्यारोप गर्दा केबल एकले अर्कोलाइ दोषी मात्र देखिन्छ।श्रीमानको भाबलाइ श्रीमतिले बुझ्ने र बेलाबखत प्रेणा दिदा साहास थप वृद्धि हुन्छ भने अर्को तर्फ श्रीमानले पनि समयक्रमनुसार जिबनसाथिको मनोभावलाई सम्बोधन गर्न सके दुबै बिचको चिन्तन एकाग्रह हुन्छ।जब सम्म दुबैको तन-मन कसिलो हुदैन तब सम्म सम्बन्ध केबल औपचारिकतामा मात्र सिमित हुन्छ।तसर्थ दीर्घकालीनरुपमा बैबाहिक जिबनलाई समृद्ध एबम सबल बनाउन मत बिभाजन नगरी चिन्तन समायोजन गर्न आबश्यक छ।एक हातले ताली बजाउन कोशिस नगरी दुबै हातलाइ चलायमान गराउन सके दुबैको जीवन सुखिमय हुने कुरामा दुई मत हुदैन।