बागलुङ सामाज पोर्चुगलद्वारा एक महिने पिजा तालिम समापन

लिस्बन, ६ अगस्ट २०१९ । पोर्तुगलमा नेपालीहरुको बढ्दो आवदी संगै सीपको अभावमा रोजगारीका समस्या र चुनौतीहरु पनि थपिएका छन् । यस्तै समस्या र चुनौतीहरुलाइ मध्यनजर गर्दै पोर्तुगलमा स्थापित विभिन्न संघ-संस्थाहरुले विभिन्न सीपमुलक तालिमहरु संचालन गर्दै आएका छन् ।

यसै सन्दर्भमा बाग्लुङ समाज पोर्तुगलले १ महिना लामो पिज्जा बनाउन सिकाउने तालिम सम्पन्न गरेको छ । पिज्जा अहिले पोर्तुगलका रेस्टुरेन्टहरुमा लोकप्रिय खानाको मानिएको छ ।

समाजले ४१ जना प्रशिक्षार्थीहरुलाइ बिहान र दिउँसोको दुई सिफ्टमा तालिम दिई आज लिस्बनमा समापन गरेको समाज अध्यक्ष प्रेम खड्काले जानकारी दिए ।

समापन समारोह पिज्जामय भएको थियो । पिज्जा बनाएर खाँदै र खुँवाउदै सम्पन्न कार्यक्रममा रमाइलो र पारिवारिक माहोल अनुभव गरेकोले सहाभागीहरु खुशी देखिन्थे ।

समारोहका प्रमुख अतिथि एनआरएनए पोर्तुगलका भूतपूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले सीपमुलक कामले कोही कहीं पनि बेरोजगार बस्नु नपर्ने बताए ।

समाजका अध्यक्ष प्रेम खड्काको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको संचालन समाजका सचिव रमेश बुढाथोकी र स्वागत उपाध्यक्ष ओमबहादुर कार्कीले गरेका थिए ।

प्रशिक्षार्थीकोतर्फबाट कमल पुनले आफ्नो मन्तव्य राख्दै बाग्लुङ समाजको रोजगारीकालागि उपयोगी तालीम संचालन गरेकोमा धन्यवाद दिएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.