दैब टारेर टर्दैन सायद यो उखान झट्ट सुन्दा नमिठो र अपत्यारिलो पनि लाग्छ।तर कहिलेकाही यहि कारुणिक अबस्था एकाएक श्रीजना हुन्छ।त्यस्तै भएको छ राम बहादुर बस्नेतको परिबारमा।छोरो प्रदेशमा गएर मनग्य पैसा कमाएर आउँछ भन्ने आशमा दिन गनेर बसेका बुवा-आमा ,श्रीमती र छोराछोरीमाथी बज्रपात हुन पुगेको छ।
भनिन्छ समय र परिस्थिति मानिसको परिधिमा हुदैन।त्यस्तै बिबशता बादिएको छ बस्नेत परिबार जहाँ मृत छोराको पार्थिब शरीरलाई प्रतीक्षा गरेर बस्नु पर्ने बाध्यता आइलागेको छ।तीन महिना अघि बिभिन्न माध्यमार्फत पोर्चुगल आएका बस्नेत स्वास्थ समस्या आएपछि अस्पताल भर्ना भएका थिए।चेकजाचका क्रममा क्यान्सर भएको पत्ता लागेको थियो।पोर्चुगलको प्रतिष्ठित अस्पताल सान्तियागो दि कासेइ अस्पतालमा उपचाररत बस्नेतको गत जुलाइ ३१ तारिखमा दु:खद निधन भएको थियो।उनको पार्थिब शरिरलाइ सम्बद्ध एजेन्सी फुनेररिया काप्पुसुस मार्फत नेपाल पठाइएको छ।