चर्चित युबा पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधन भएको छ।चितवनको नारायणगढ्स्थित बसपार्कमा रहेको कंगारु होटलमा पत्रकार पुडासैनी झुन्डिएको अबस्थामा मृत भेटिएका छन।उनी हिजो मात्रै काठमाडौबाट चितवन पुगेका थिए भने करिब ३:३० होटलको २०२ नम्बर कोठा बुक गरेर बसेको जानकारिमा आएको छ।उनी होटलमा प्रबेश गर्दा हसिलो मुहारमै थिए भने कुनै नैराशयता झल्केको नदेखिएको होटलका कर्मचारी बताउछन। हिजो राती खाना खान बोलाउने क्रममा कोठाबाट लामो समयसम्म बाहिर नआएपछी प्रहरिलाइ बोलाइएको थियो।जब प्रहरी आएर ढोका खोल्दा पुडासैनी मृत अबस्थामा भेटिएका थिए।
समाज परिबर्तन र बिकास मा गहन मिसन बोकेर हिडेका पत्रकार पुडासैनी के ज्याननै जाने गरि स्वयं आत्महत्या जस्तो कार्यमा सम्लग्न भए त यो गम्भीर प्रशन उठेको छ?अर्कोतर्फ परिबारमा पनि खटपट नरहेको र सबै बिषय उत्तम अबस्थामा रहेको कारण पनि यो आत्महत्या नभई हत्यानै हुन सक्ने पुडासैनीका दाजुले दाबी गरे।पत्रकार पुडासैनि केही महिना अगाडिसम्म न्युज २४ मा संचालित सिधाकुरासङ्ग आबद्ध थिए भने पछि माउन्टेन टि.भि मा आबद्ध भएका थिए।चितवन प्रहरिले यश घटनाको बिषयमा बृस्तृत छानबिन सुरु गरिसकेको र यथासिघ्र घटनाको बिषयमा सत्यतथ्य बाहिर आउने जानकारी दिएको छ।