ने.का गुल्मी काठमाडौ सम्पर्क समितिद्वारा पहिरो पिडित बालबालिकालाई अध्यनको लागि रकम सहयोग

०६ अगस्ट । केही समय अगाडि अचानक गएको पहिरोले गुल्मी सत्यबती गाउँपालिका अन्तर्गत पर्ने ठूलोलुम्पेक,लिम्घा लगायत ठाउँहरु गम्भीर रुपमा प्रभाबित भएका थिए।67906894_376297169749699_6005798240539115520_nठूलो जन-धनको क्षतिका कारण अझै पनि उक्त क्षेत्रका बासिन्दाहरु त्रसित छन्। कोहि परिवार बिहिन भए भने कोहि साहारा बिहिन भएका छन् । अस्थायी ठहरा निर्माण गरि पिडित परिवारलाई उक्त स्थानमा राखिएपनी भविश्यमा के हुने हो भन्ने सन्दर्भमा उनिहरु गहिरो चिन्तामा छन्। मानवीय सेवानै धर्म हो भन्ने भावालाई कतिपय व्यक्ति एवं संघ -संस्थाले व्यबहारमै उतारेको देखिन्छ।त्यसैको कडिकोरुपमा पहिरो पिडितको घाउमा मलमपट्टी लगाउने प्रयास स्वरुप नेपाली काङ्ग्रेस गुल्मी काठमाडौ सम्पर्क समिती,हेलिकप्टर एसोसिएसन अफ नेपालका महासचिव तथा नेपाली काङ्ग्रेसका नेता योगराज शर्मा कंडेल लगायतका संघ-संस्थाहरुले ठूलो धनराशी ८ लाख ५१ हजार रुपिया सत्यवति गाउपालिका मार्फत प्रदान गरेका छन।
67722781_2957014821191143_1990376355652435968_n
बिशेषगरि बाढी पिडित बालबालिकालाई अध्ययनको लागि सामाग्री जुटाउने र पढनको लागि बाधा नपुगोस् भन्ने हेतुले उक्त रकम प्रदान गरिएको जनाइएको छ। काङ्ग्रेस नेता कंडेले आफ्नो जन्मोत्सवको लागि छुट्टाएर राखेको रकम ५५ हजार समेत राहात रकममै समाबेश गरेका छन्। खासगरी बालबालिकाको सुनौलो भविश्य निर्माणको लागि प्रदान गरिएको रकम कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ। पिडितको हातमा ब्यबस्थित तबरबाट रकम पुगोस भन्ने हेतुकासाथ उक्त रकम सत्यबती गाउँपालिका अध्यक्ष पारिस्वर ढकाललाई हस्तान्तरण गरिएको थियो। त्यसै अबसरमा काँङ्ग्रेस नेता कंडेल ,नेपाली काँङ्ग्रेस गुल्मी काठमाडौ सम्पर्क समितिका उपाध्यक्ष कृष्ण खरेल,नेपाली काङ्ग्रेस गुल्मिका सभापती चन्द्र बहादुर के.सि र नेपाल शिक्षक संघका कृष्ण भण्डारी लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.