काठमाडौ
पोल्यान्ड नेपाल सम्वाददाता
रापती समाज काठमाडौंद्वारा आयोजित एबम लिङ्कन इन्टरनेशनल एजुकेसनको सहयोगमा आज नेपाल पर्यटन बोर्डमा राप्ती क्षेत्रको विकास ; सम्भावना र चुनौती विषयक छलफल कार्यक्रम विभिन्न सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न भयो।रापती समाज काठमाडौंका महासचिव रामु खड्काको स्वागतबाट सुरु भएको कार्यक्रममा दुईजना बिज्ञहरुको प्रस्तुति रहेको थियो। राप्ती क्षेत्रका प्राकृतिक श्रोत र प्रचुरताका बारेमा भूगोलविद माधब अधिकारीले आफ्नो प्रस्तुति राख्नुभएको थियो।स्मरणरहोस उहाँ यसअघि राज्य पुनःसंरचना समितीमा सदस्यको रुपमा काम गरिसकेको ब्यक्ति पनि हो।यसैगरि राप्ती क्षेत्रलाई सुहाउँदो विकास मोडेलको बारेमा अर्का बिज्ञ काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक डा. सुरेश गौतमले आफ्नो प्रस्तुति दिनुभएको थियो।
यसैगरी कार्यक्रममा पूर्बमन्त्री मा. टेकबहादुर बस्नेत,पूर्बमन्त्री मा.दल्जित श्रीपाली ,तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पान्डे,डा. तारक बहादुर के.सी.,क्यान्सररोग बिज्ञ डा. प्रकाशराज न्यौपाने ,नेपाल पत्रकार महासङका उपाध्यक्ष बिपुल पोख्रेल ,डा. चिन्तामणी योगी,नेपाल बार एसोसिएसनका निबर्तमान अध्यक्ष शेर बहादुर के.सी.,नेकाका नेता ऋषिकेश जङ्ग शाह,अर्थशास्त्री डिल्ली अधिकारी,कलाकारहरु खर्क बहादुर बुढा ,कमल गाउँले,राधिका हमाल,सर्बोच्च अदालतका चिन्तामणी शर्मा,महिला अधिकारकर्मी मिना स्वर्नाकार,रापती समाज काठमाडौंका सल्लाहकार गोपाल बस्नेत,रमेश सुवेदी ,शशी शर्मा मजगैया लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै पूर्ब सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले ऐलेको परिस्थितिमा विकासलाई फरक तरिकाले सोच्नुपर्ने बताउनु भयो,हामिले अन्तर्राष्ट्रिय समुदायबाट पनि सिक्दै,हामिसङ भएका श्रोत र साधनलाई परिचालन गर्दै राप्ती क्षेत्रसङ भएका अबसरलाई सदुपयोग गर्न सक्छौं भन्दै आफू इमानदार भएर यस क्षेत्रको विकासमा लागिपर्ने बताउनुभयो। यसैगरि पूर्ब युबा तथा खेलकुद मन्त्री दल्जित श्रीपालीले राजनैतिक नेतृत्व इमानदार भएमा प्रकृतिले दिएको सुन्दर उपहार हो राप्ती क्षेत्र ,यसको विकास हुनलाई हामिले टुक्रे सोचलाई परिवर्तन गरि बृहत राप्ती विकासको एकीकृत योजनालाई अघि सार्नुपर्ने कुरामा जोड दिनुभयो।
कार्यक्रमको सहजीकरण समाजका अध्यक्ष प्रवीण कुमार रेग्मीले गर्नुभएको थियो। साथै उहाँले यस्ता कार्यक्रमहरु आगामी दिनमा गर्दै जाने र राप्ती क्षेत्रको विकासको पैरवीमा लागिराराख्ने दृढता समेत ब्यक्त गर्नुभयो।