अन्तरमनमा सहयोगी भावना भए केनै असम्भव छ र संसारमा।भनिन्छ मनको धनीनै वास्तविक धनी हो।आर्थिकरुपमा सबल भएर मन फुकाउदैन भने त्यो कल्याणकारी हुन सक्दैन।पोर्चुगलमा यस्ता नमुना बेक्ती मुखारित भए जसले आर्थिकरुपमा आफू धेरै सम्पन्न नभैइकन पनि सहयोगको भाबनालाइ वास्तविकरुपमै उजागर गरे।उनै परोपकारी भाबनाले ओतप्रोत भएका बेक्ती हुन अनुप मगर जो गुल्मी समाज पोर्चुगलका सचिब पनि हुन।
गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर चारका स्थायी बासिन्दा मगर बुवा रुद्र बहादुर पेमि र आमा देभ कुमारी पेमि मगरका जेठा छोरा हुन।केही दिन अगाडी गुल्मिमा गएको भीषण पहिरोले अकल्पनीय धन-जनको क्षति भएको थियो।कतिले ज्यान गुमाए भने कयौं घरबाहार बिहिन भए।त्यो दर्दनाक दृश्यबाट प्रताडित भएका मगरको मन पनि थामिएन।कतै न कतै उनको मन गुल्मिबासिको रोदनको चिच्याह्यटमा सामिप्य भैरहयो।थोपा -थोपा मिले सागर बन्छ भनेझै मगरले सहयोगको रथमा इट्टा थप्न बेक्तिगत नेपाली १२,००० (बाह्र हजार)दिने घोषणा गरेका छन। बिगत ४ बर्षदेखी पोर्चुगललाइ कर्मथलो बनाउदै आएका मगर जहाँ भएपनि नेपालिलाइ घाउ लाग्दा मलम लगाउन नेपालिनै अग्रसर हुनु पर्ने धारणा राख्दछन।मातृभुमी प्रतिको लगाब र समर्पण निरन्तर जारी राख्न सके सच्चा देशभक्ती हुने उनको भनाइ छ।परोपकारी मनबाटै कल्याणकारी कार्यले सार्थकता पाउछ भनेझै उनको यो प्रेणादायी कार्यले सम्बन्धित सबैलाइ एक कदम अगाडी बढन पक्कै हौसला मिल्ने छ।