कुसुम र अनुले भने ‘यसैपाली नाँच्ने हो

डेनमार्क पोल्यान्ड नेपाल सम्वाददाता

received_2321903208127318.jpeg
कुसुम र अनुले भने ‘यसैपाली नाँच्ने हो …’
साउन, १५ ।
विगत केही समयदेखि सुगम संगीत एवं तीज गीत गाउनमा सक्रिय कुसुम दाहालले बुधवार अर्को तीज गीत सार्वजनिक गरेकी छिन् । कुसुम दाहालको स्वरमा सजिएको गीतमा अभिनेत्री अनु शाहले अभिनय गरेकी छिन् ।
एक सोलो एल्बम् र तीन गीत यस अघि नै सार्वजनिक गरेकी गायिका कुसुम दाहालले यो तीजमा पनि यसैपाली नाँच्ने हो … बोलको गीत सार्वजनिक गरेकी छिन् । प्रवासमै बसेर पनि गीत गाउन सक्रिय कुसुम दाहालले एक वर्षअघि टिम अप गरेका गीतकार एवं संगीतकारहरुसँग मिलेर यस वर्षको तीजमा पनि तीज गीत सार्वजनिक गरेकी हुन् । गायिका कुसुम दाहाल भट्टराईको स्वरमा सजिएको गीतलाई यसपटक पनि दिग्गज धौरालीले लेखेका हुन् ।
अहिलेसम्म अघिल्लो वर्षको ‘६० हजारको साडी …’ बोलको गीतलाई करिब सात लाख अठासी हजार दर्शकले हेरेका छन् । दर्शकको साथ पाए आगामी हरेक तीजमा एउटा तीज गीतको कोसेली आफ्ना शुभचिन्तकहरुलाई दिने गायिका कुसुम दाहालले बताएकी छिन् । यसैपाली नाँच्ने हो .. बोलको यो वर्षको गीतलाई मौसम हिमालीले निर्देशन गरेका छन् । प्रवासी गायिका दाहालको मिडियामा आएको यो चौथो गीत हो । यस अघि उनका दुई सुगम संगीत र एक तीज गीत रिलिज भएका छन् भने गत वर्ष नै ‘नव कुसुम’ नामक एकल म्युजिक एल्बम रिलिज भएको थियो ।
‘यसैपाली नाँच्ने हो ..’ बोलको गीतमा सिने अभिनेत्री अनु शाहले मोडलिङ गरेकी छिन् । उनलाई उमादेवी दाहाल र कोरशले साथ दिएका छन् । दीपक शर्माको संगीतमा नरेन्द्र वियोगीले एरेञ्ज गरेको गीतलाई गृष्मा भट्टराईले उत्पादन गरेकी हुन् । गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.