पत्रकार र संचारक्रमिले सत्य-तथ्य खबर प्रवाह गरि सकारात्मक समाजिक बिकासमा पहरेदारिको भुमिका निर्बाह गरिरहेको तथ्यमा पुष्ठि हुन्छ।पत्रकारको खबरदारी कतिपय पक्ष वा समुहलाइ चित्त बुझ्दैन र सुरु गर्छन पत्रकार बिरुद्धनै अफवाह फैलाउने दुस्साहस ।यस्तै देखिएको छ एनआरएन स्पेनको बिज्ञप्तिको साराम्स पनि।पत्रकारको हक हितमा तल्लिन युरोप पत्रकार महासंघले उक्त गलत कार्यको बिरोध गर्दै एक बिज्ञप्तिमार्फत कडा आपत्ति जाहेर गरेको छ।
नेपाल पत्रकार महासंघ, युरोप शाखाका अध्यक्ष केजिन राईले एक विज्ञप्ति प्रकाशित गर्दै आफ्नो ‘गम्भीर ध्यानाकर्षण भएको’ बताएका छन् । ‘गैर आवासीय नेपाली संघ स्पेनका प्रवक्ता हिरालाल सापकोटाको हवला दिएर सार्वजनिक गरिएको विज्ञप्तिप्रति,’ अध्यक्ष राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ युरोप शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
स्वतन्त्र सञ्चारकर्ममा विश्वास राख्ने सञ्चारकर्मीमाथि उक्त विज्ञप्तिले आघात पुगेको भन्दै अध्यक्ष राईले त्यसप्रति खेद प्रकट गरेका छन् । ‘स्वतन्त्र संञ्चार कर्ममा विश्वास राख्ने खबरकर्मी तथा यूरोप शाखाका सदस्य दीपेन्द्र गजुरेलले खबरदारी गरेकै भरमा उनीप्रति लक्षित विज्ञप्तिमा महासंघ खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
पत्रकार महासंघ युरोपले उक्त गलत निर्णय सच्याउन पनि एनआरएन स्पेनका अध्यक्षलाई आग्रह गरेको छ । त्यसो नगरिए आफूहरु कडा कदम चाल्न वाध्य हुने महासंघको चेतावनी छ ।
‘सामान्य प्रकृया समेत नबुझेर एनआरएनए स्पेन अध्यक्ष चिन्तामणि सापकोटाले लिएको गलत निर्णय तत्काल सच्याउँन हार्दिकतापूर्वक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘सो निर्णय नसच्चाए नेपाल पत्रकार महासंघ युरोप शाखा कडा कदम चाल्न बाध्य हुने कुरा यसै विज्ञप्तिमार्फत सचेत गराउन चाहान्छौं ।’