३१ जुलाई ।बिगत लामो समयदेखी नेपाली काङ्ग्रेसको भगिनी संस्था नेपाली जनसम्पर्क समिती युरोपियन सदस्य रास्ट्र पोर्चुगलमा कृयाशिल छ।प्रबासमा रहेर पाटी शुद्धीकरण र बिस्तार अभियानमा यसले निकै प्रभाबकारी भुमिका खेलेको देखिन्छ। पोर्चुगलबासी नेपालीमाझ जागरुप सस्थाको रुपमा चिरपरिचित जनसम्पर्क समिती पोर्चुगलको आगामी १० औ साधारणसभा हुँदै छ।साधारण सभामा लोकपृय नेता एबम नेपाली काङ्ग्रेसका प्रबक्ता बिश्व प्रकाश शर्माको प्रमुख आतिथ्य रहने छ भने नेपाल तरुण दलका महासचिव भुपेन्द्रजङ्ग शाही बिशिस्ट अतिथिको रुपमा कार्यक्रममा उपस्थित हुने जनाइएको छ।
नेता शर्माको अगुवाइमा जनजागरण अभियान अन्तर्गत पाटीसङ्ग सम्बन्धित नीति तथा कार्यक्रमको सन्दर्भमा बिशेष प्रक्षीणको कार्यक्रम रहेको संस्थाले एक सुचनामार्फत जानकारी गराएको छ।उक्त कार्यक्रममा सहभागीले हुन चाहने बेक्तिहरुले १० गते सम्म नाम दर्ता गर्न सक्ने समितिले बताएको छ।स्मरण रहोस पाटी प्रबक्ता शर्मा पाटिमा मात्र नभएर अन्य नेपाली माझपनि लोकपृय स्पष्ट बक्ताको रुपमा चिरपरिचित छन।समितिका सभापती बिनोद घिमिरेले कार्यक्रम सफल बनाउन कुनै कसर बाँकी नराखिने बताए।कार्यक्रम लिस्बन जिम क्लब(Ginasio Clube)Rua Dos Anjos,63 मा दिउस ३ बजेदेखी सुरु हुने बताइएको छ।