कलश खरेल
लिस्बन ३१ जुलाई । जब वर्षा सुरु हुन्छ तब नेपालमा त्राहिमाम सुरु हुन्छ।कतै बाढी त कतै पहिरोले त्राही क्षेत्र ,पहाडी क्षेत्र लगायत ठाउमा सन्नाटा मचाएको देखिन्छ।केही दिन अगाडि गुल्मी जिल्लाको सत्यबती गाउपालिकामा पर्ने लिम्घा र सिङदिमा पहिरोका कारण ठुलै जन-धनको क्षती भएको थियो।मध्यराती आएको पहिरोले निदाएका मानिसलाइसमेत ब्युजिन नपाइ सदाका लागि बिदाइ गर्यो।अहिले पुरै गाउनै शोकमा डुबेको छ।दिनरात मेहेन्त गरेर आर्जेको धन-सम्पत्ति दैबले चुडेर लग्यो भन्दै पिडितले बीलौना गर्दै थिए।तर अपसोच पहिरोले उनिहरुको बेग्र चिच्याहटलाई सुनेन जहाँ क्षणभरमै सबै सपना बाढिको भेलले छिया-छिया भए।भनिन्छ पीडा भोग्नेलाई सास्थिको अनुभव हुन्छ भने देख्नेलाई क्षणिक चिन्ता जाहेर गर्ने बाटो मात्रै।प्रबासमा रहेर पनि देशको चिन्ता गर्ने नेपालिहरुले श्रमबाट आएको पैसालाई जोहो गरि पिडितको घाउमा मलम लगाउने प्रयास गरिरहेका छन्।पोर्चुगलमा केही समयदेखी स्थापित गुल्मिबासिको एकीकृत सस्था गुल्मी समाज पोर्चुगलले पनि पिडितलाई राहात प्रदान गर्ने अभियानमा अगुवाई गरेको देखिन्छ।कल्याणकारी कार्यलाई काधमा राखेर जिम्मेवारी बोध गरिरहेको यश सस्थाले पहिरो पिडित गुल्मिबासिको घाउमा मलम लगाउने हेतुले राहात संकलन कार्यलाइ तिब्रता दिइरहेको छ।
पुर्व निधारित हरितालिका तीजको कार्यक्रमलाई स्थगित गरेर उक्त कार्यका लागि छुट्टाइएको रकम समेत बाढी पिडित जनतालाइ पठाउने समाजले जानकारी दिएको छ।पिडाको आहालमा छट्पटाएका जनतालाई केही हदसम्म जन्झिरबाट मुक्त गर्ने समाजको अभियान अत्यन्त प्रेणादायी रहेको देखिन्छ। अध्यक्ष युबराज पन्थिले पहिरो पिडित जनताको गुमेको खुशिलाई थोरै भएपनी फर्काउने उद्देश्यले रकम संकलनमा सस्था निकै गम्भीरताका साथ लागि परेको बताए।”पहिरो पिडित जनताको पिडानै हाम्रो पीडा भएको सन्दर्भमा रकम जुटाउन दिनरात तल्लीन रहेका छौ”।वरिष्ठ उपाध्यक्ष अमृत रिजालको भनाइ थियो।सचिब अनुप मगरका अनुसार सहयोग प्रदान गर्न धेरै नेपालीले तदारुकता देखाएको सन्दर्भमा राहात जुटाउने अभियान उत्साहजनक रहेको बुझिएको छ।अहिले सम्म नेपाली ७०,०००(सत्तरी हजार)उठिसकेको र छिट्टै नेपाल पठाउने तयारी भैरहेको सचिब मगरले जानकारी दिए।