समाज परिबर्तन र बिकासमा निरन्तर कलम चलाउदै आएका नेपालको कास्की स्थायी घर भै हाल पोर्तुगललाइ कर्मथलो बनाएका चर्चित युबा पत्रकार भगबान गीरिलाइ एक कार्यक्रमका बिचमा सम्मान गरिएको छ।कास्की आदर्श सेवा समाज पोर्तुगलको तेश्रो अधिबेशनका क्रममा गिरी सम्मानित भएका हुन् ।पोर्चुगलमा नेपाली जनसमुदायका गतिबिधिलाइ नजिकबाट नियाल्दै आएका गिरिले सचेतना पैदा गर्ने सबालमा निकै सक्रियताका साथ सुचना,समाचार सम्प्रेषण गर्दै आएका छन।रास्ट्रिय समाचार समितिको आधिकारिक प्रतिनिधिको रुपमा पोर्चुगलमा कृयाशिल गिरी समाचार लेखनमा निकै अब्बल मानिन्छन् ।पत्रकारिता क्षेत्रबाट बृकृती -बिसङ्गतिलाइ उजागर गर्दै सकारात्मक बिकासमा पहरेदारिको भुमिका निर्बाह गरेको परिपेक्षमा गिरिलाइ सम्मान गरिएको समाजले जनाएको छ।