२९ जुलाई । पछिल्लो समय सतही तथ्यांकलाई केलाउने हो भने पोर्तुगलमा नेपाली जनसमुदायको संख्या ह्वात्तै बढेको छ।सख्या वृद्धि सङ्गै विभिन्न संघ -संस्थाको गठन प्रक्रियाले पनि तिब्रता पाएको छ।त्यसैको सेरोफेरोमा केही समय अगाडि नेपाली महिला समाज पोर्तुगल गठन भएको थियो।सस्थाको पछिल्लो गतिविधिको सन्दर्भमा जानकारी लिने हेतुले उक्त संस्थाकी अध्यक्ष निर्मला ढकाल खराललाई पोल्यान्ड नेपालको बिशेष सम्बादमा आमन्त्रण गरिएको थियो।उक्त अबसरमा पोल्यान्ड नेपालले बिशेष प्रश्न अध्यक्ष खराल समक्ष राखेको थियो।”महिला समाज पोर्तुगल त जन्माउनु भयो तर काम कसरी गर्नु हुन्छ ?”हामी जन्माउने मात्र हैन सम्पुर्ण महिला दिदिबहिनीको साझा चौतारी बनाउने अभियानमा छौ जहाँ दिदीबहिनीको पिडालाई मत्थर गर्न मलमको भुमिका समाजले निर्बाह गरिरहेको छ र आगामी दिनमा पनि जारी रहने छ “।संस्थाकी अध्यक्ष खरालको प्रत्तिउत्तर थियो।