रामकृस्ण कंडेल
२८ जुलाई । नेपाल सरकारका माननिय श्रम रोजगार तथा सामाजिक बिकास मन्त्रि गोकर्णराज बिस्टले मुसिकोट नगरपालिकाको बिकासको लागि आफुले कुनै कसर बॉकी नराख्ने बताऊनु भएको छ।काठमान्डौमा रहनु भएका मुसिकोट नगरबासीहरू संगको भेटघाट तथा अन्तरकृया कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्रि बिस्टले मुसिकोट नगरपालिकाले शुरू गरेका सम्पूर्ण बिकास कार्य हरूको प्रसंशा गर्दै निर्धक्कका साथ बिकास कार्य हरू अगाडि बढाऊन अनुरोध गर्नु भयो।”पद र मान्छे अस्थायि कुरा हुन,आफ्नो यस अस्थायि जिवनमा सबैले राम्रा काम गरौ,ईतिहॉसले संझिने छ”मन्त्रि बिस्टले बताऊनु भयो।
मुसिकोट नगरपालिका लाई के कसरी सम्बृध्द गराऊन सकिन्छ भन्ने बिषयमा सुझाब हरू संकलनको लागि कार्यक्रम आयोजना गरिएको नगरप्रमुख शोमनाथ सापकोटाले बताऊनु भयो।नगरपालिकाले ऐले सम्म सन्चालन गरेका बिकास योजनाहरू,बजेट बिनियोजन लगायत बिबिध बिषयमा नगरप्रमुख सापकोटाले कार्यक्रममा बिस्तृत भनाई हरू राख्नु भएको थियो। “आफु हरू रात दिन नभनेर नगरको बिकासको लागि खटिरहेको बताऊदै सबै बिद्वत बर्ग बाट सकारात्मक सहयोगको अपेक्षा राख्दछु”नगरप्रमुख सापकोटाले बताऊनु भयो।
आजको कार्यक्रममा प्रा.डा.पारशमणी भन्डारी,प्रा.डा.तारा प्रसाद सापकोटा,प्रा.डा.जिबलाल सापकोटा,प्रा.डा.ज्ञानबहादुर थापा,नेपाल सरकारका सह सचिब संकर खरेल ,डा.दुर्गा खरेल,लगायत महत्वपूर्ण ब्यक्तित्व हरूले सारगर्भिक मन्तब्य सहित आफ्ना सुझाब हरू राख्नु भएको थियो।
काठमान्डौको बागबजार स्थित हार्दिक होटलमा भब्यताका साथ सम्पन्न कार्यक्रममा ठुलो संख्यामा मुसिकोट नगरपालिकाबासी हरूको उपस्थिती रहेको थियो।
काठमान्डौमा रहनु भएका मुसिकोट नगरबासीहरू संगको भेटघाट तथा अन्तरकृया कार्यक्रम मुसिकोट नगरपालिका,गुल्मीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकारका माननिय श्रम रोजगार तथा सामाजिक बिकास मन्त्रि गोकर्णराज बिस्टको प्रमुख आतिथ्यता,नगरप्रमुख शोमनाथ सापकोटाको अध्यक्षता,आर्थिक संयोजक प्रकाश काफ्लेको स्वागत मन्तब्य र प्रसासनिक प्रमुख नबराज भन्डारीको सन्चालन रहेको थियो।