“आपतबिपतको घडिमा सबैले हातेमालो गरौ”
आदरणीय पोल्यान्ड बासि नेपाली दाजुभाई तथा दिदिबहिनी हरुमा नमस्कार,,बर्सेनि हाम्रो देश नेपाल मा बाढि पहिरो तथा दुर्घटनामा कैयौ जनाले ज्यान गुमाउनु परिरहेको छ र अहिले पनि हाम्रो नेपाल को विभिन्न ठाउमा बाढी पहिरोको प्रकोप ले कैयौ मान्छेको मृत्यु तथा घाईते र कैयौ घरबारबिहिन भएको कुरा हामी सबैलाई थाहा छ।केही दिन अघि बाढी तथा पहिरोको कारण ले गर्दा गुल्मी जिल्लाको सत्यबती गाउपालिका मा भएको बिपत्ती बाट एउटै परिवार का १३ जनाको मृत्यु भएको,कैयौ ब्यक्तिहरु घाइते भएको तथा सिङ्गो बस्ती नै पहिरोको उच्च जोखिम मा भएकोले अन्यत्र स्थानान्तरण गर्नु परेको खबर ले हामी अत्यन्त दुखी छौ।आपत बिपत हामी सबैलाई पर्न सक्छ तसर्थ बिपत्ति जहासुकै होस र जो सुकैलाई परोस त्यस्तो समय मा सहयोग गर्नु हामि सबैको कर्तब्य हो र “सेवा नै धर्म हो” भन्ने आख्यान लाई आत्मासात गर्दै सत्यबति गाउपालिका मा आएको बिपत्तिमा प्रदेश बाट भएपनी आफुले सक्दो केही आर्थिक सहयोग उपलब्ध गराउनको निम्ति आर्थिक सङ्कलन अभियान सन्चालन गरेका छौ। बिपतको यश समयमा कसैप्रति कुनै पुर्बाग्र नराखि आफुले सक्दो सहयोग गरिदिनुहुनको लागि पोल्यान्ड बासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा हार्दिक अनुरोध गर्दछौ।।।
साथै आपत बिपत को समय मा तपाईं हामि कुनै पनि किसिमको पुर्बाग्र चाहे त्यो क्षेत्रगत होस या पार्टिगत अथवा जातिगत नराखी खुल्ला हृदयका साथ आफ्ना सहयोगि हातहरु अगाडिबढाउने छौ भन्ने आशा गरेका छौ,त्यसैले तपाईहरु ले पनि दुखेको घाउमा मल्हम पट्टि लगाउन सहयोग गरेर पुण्य प्राप्तिको कार्य गर्नुहुनेछ भन्ने आशा छ।
साथै स्वैच्छिक रुपमा तपाईं हरुले आर्थिक सहयोग गर्न को निम्ति निम्न ब्यक्तिहरुसमक्ष सम्पर्क गर्न सक्नुहुनेछ।
अध्यक्ष:प्रकाश तिवारी 572546555
कोषाध्यक्ष :बिष्णु भन्डारी 883332224
सचिब:नुमनाथ न्यौपाने 739542444
गुल्मी समाज पोल्यान्ड परिवार