२६ जुलाई । बिगत केही बर्षदेखि पोर्चुगलमा स्थापित हिमालयन शेर्पा सास्कृतिक केन्द्रले शेर्पा समुदायको परम्परा ,सस्कृती एबम मौलिक चाडलाई युरोपमा उजागर गर्न बिशेष भुमिका खेल्दै आइरहेको छ।प्रबासमा रहेरपनि नेपालित्व झल्काउने र देश-प्रेमलाइ शसक्त बनाउन सास्कृतिक केन्द्रले अगुवाइ गरेको देखिन्छ।यहि अगस्ट ४ तारिख बौद्ध धर्मावलम्बी शेर्पाहरुको बिशेष धार्मिक चाड डुक्पा क्षेचिको अबसरमा विशेष कार्यक्रम गर्ने सास्कृतिक केन्द्रले एक सुचना मार्फत जानकारी गराएको छ।उक्त अबसरमा सम्बन्धित सम्पुर्ण नेपाली दाजुभाइ एबम दिदिबहिनीहरुलाइ गरिमामय उपस्थितिको लागि सास्कृतिक केन्द्रले विशेष अनुरोध गरेको छ।उक्त कार्यक्रम lafoes House,rua da madalena 199,lisboa portugal मा गरिने केन्द्रले जनाएको छ।