प्रथम चुल्हो कप फुटवल युनाइटेड ब्रोदर्सको पोल्टामा

 

२४ जुलाई । पोर्तुगलमा ससक्त र सफल फुटबल टीमको रूपमा परिचित “युनाइटेड ब्रदर्स फुटबल क्लब”ले प्रथम चुल्हो कप फुट्सल प्रतियोगिताको उपाधि चुमेको छ । यो संगै क्लबले महत्त्वपूर्ण ६ उपाधिमा कब्जा जमाएको छ । बेल्लाओज क्लासिक फुटबल क्लब लिस्बन र चुल्हो रेस्टुरेन्टको आर्थिक र भौतिक सहयोगमा आयोजना भएको फुटसल प्रतियोगितामा जम्बुजेइरा फुटबल क्लबलाई पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । १२ टीम सहभागी भएको खेलमा आफ्नो क्लबले जित हासिल गरेकोमा क्लबमा म्यानेजर ज्याक्सन सेभेनले खुशी व्यक्त गर्दै सहयोग पुर्याउने र सहभागी हुने सबैमा धन्यवाद ज्ञापन गरे ।

67166739_447681799147798_1529863425235091456_n

पहिलो सेमीफाईनलमा नेप्फाम र जाम्बुजेरा फूटबल क्लवबिच भएको थियो जहाँ खेलको पुरा समयसम्म कुनै गोल हुन सकेन अन्तत पेनाल्टी सुटआउटमा जाम्बुजेरा २ का बिरुद्द ३ गोल गर्दै फाईनलमा स्थान बनेको थियो । त्यस्तै दोश्रो सेमीफाईनल्मा युनाईटेड ब्रोदर्स र बेलाहोज क्लासिक फुटबल क्लव आमुन्ने सम्मुने भएका थिए जुन खेलमा युनाईटेड ब्रोदर्स १ का बिरुद्द ३ गोलको नतिजा निकालेर फाईनलमा आफ्नो स्थान पक्का गरेको थियो । आज भएको फाईनल खेल युनाईटेड ब्रोदर्स र जाम्बुजेरा फूटबल क्लवबिच संम्पन्न हुदाँ युनाईटेड ब्रोदर्सले ० का बिरुद्द २ गोलले जाम्बुजेरा फूटबल क्लवलाई हराउन सफल भयो । खेलमा उत्कृष्ट प्रदर्शन गरेको युनाईटेड ब्रोदर्सका गोलकिपर काजीमान गुरुङ उत्कृष्ट गोलकिपर हुन सफल भए । त्यसैगरी धेरै गोल गर्ने खेलाडीमा नेप्फाम फुटबल क्लवका बिशाल केसी साबित भए जसले १४ गोल गरेका थिए, उत्कृष्ट खेलाडी भने जाम्बुजेरा फुटबल क्लवका सरोज घिमिरे हुन सफल भए ।

67841168_2242071082514616_5333700162965471232_n

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.