थारु समुदायको जीवनशैली बुझ्न पढ्नु पर्छ टुकी- मनोज अज्ञात

 

60355666_2211373075608466_3640844597157953536_n

प्रश्न : सर्वप्रथम तपाईलाई पोल्याण्डनेपालमा स्वागत छ। हाल केमा व्यस्त हुनुहुन्छ?
जवाफ: धन्यवाद पोल्यान्ड नेपाल परिवारलाई । जसको माध्यमबाट आफ्ना केही शब्दहरु पाठक समक्ष सम्प्रेषण गर्ने मौका पाउदैछु । उही हो- अध्ययन गर्ने, अध्यापन गर्ने अनि खालि समयमा शब्दहरुका लेसाईलो माटो केलाउदै, खेलाउदै अर्को नयाँ सिर्जनामा व्यस्त छु भनौं ।

प्रश्न: तपाईले लेख्नु भएको उपन्यास टुकी मोफसलमा वर्षैभरी चर्चाको शिखरमा रह्यो यो आख्यान लेख्ने प्रेरणा कहाँबाट पाउनु भयो? यो पुस्तक कुन सन्दर्भले लेख्नु भयो?
जवाफ: लेख्ने हुटहुटी किशोरावस्थादेखि नै हो । केही न केही कोरी रहन्थेँ । बिबिध आयामका पुस्तकहरु अध्ययन गरिरहन्थेँ । रचना कोर्नका लागि अध्ययन अत्यावश्यक हुन्छ । सुरुवात कालमा दैनिकी लेखनले लेखिरहने बानी बसालीदियो । अध्ययनले दैनिकी संगै कविता जस्तै लाग्ने कविता लेखे । त्यसपछि चितवनमा एकताका गजलको बढी आयो । त्यो बाढीमा म पनि जानीनजानी होम्मिए । गजल खुब लेखियो, एफएममा प्रसारणका लागि । विस्तारै तिनै रचना स्थानीय पत्रपत्रिकामा पनि छापिनथाले । नियात्रा, लघुकथा हुँदै त्यसबेला उच्छृङ्खल किशोर किशोरीका प्रेमकथामा आधारित लघु-उपन्यास लेखे । साथीहरूलाई पढ्न लगाए । खुब मनपराए । लेख्नलाई अझ हौसला बढ्यो । पुस्तक कुन सन्दर्भमा लेखे भन्ने प्रश्नको जबाफ दिनुपर्दा, म फेरि पुरानो कालमा पुग्नुपर्छ । हुन त, पुराना काल र नयाँ बाल उस्ता-उस्तै हुन्, जुन सम्झेर झनै पुलकित भइने र केलाईरहुँ लाग्ने । केटाकेटी छदा आमाले अनेकखाले प्रोत्साहनका कथाहरू सुनाउनुहुन्थ्यो । ती कथामा आफ्ना विगतका कथाहरू पनि भरसक जोड्नुहुन्थ्यो । अनि भन्नुहुन्थ्यो – मैले जस्तो दुख तिमिहरुले पनि व्यहोर्न नपरोस् भनेरै आफ्ना विगत सुनाकी हुँ । पहिलेको जमानामा ऐलेको जस्तो प्रबिधि भको भए खिचेर राउथेँ । अनि देखाम्थेँ सबै कहानी । मेरो कहानीमा फिलिम बन्ने हो भने, मेरो दुख देखेर धेरै मन्से रुँदा हुन् – भन्दै भावुक भएर अाशायुक्त लाड प्यारले हेर्नुहुन्थ्यो मलाई । त्यो लाडप्यारको हेराईले धेरै पछि मेरो दिमागमा क्लिक गर्यो । जतिबेला आमा परलोक भएको शोकमा थिए म । अनि सोचे, आमाको कथामा फिल्म नबनेपनि उपन्यासै सहि, लेख्छु । लेख्नको लागि बल गरेर कलम उठाए । तयारभयो किताब टुकी । टुकी उपन्यासकि आमोई मेरी आफ्नै आमा हुन् । आमोईका विगतका कथामात्रै मेरी आमाका कथाहुन् । वर्तमानका कथाहरु कथा बुन्दैगर्दा आफै जोडिन आएका हुन् । कथा बुन्न कत्तिको सफल भए त्यो त पाठकले भन्ने कुरा हो । लेखनको प्रेरणा नजानिदरी आमाबाट पनि पाएँ भनौं । लेख्नलाई साथी-सेरोफेरो बाट हौसला मिलेको हो ।

प्रश्न: मोफसलमा टुकीलाई पाठकहरुद्वारा किन यति धेरै मनपराईयो, उपन्यासले के त्यस्तो विषयवस्तु उठान गरेको छ जसले गर्दा पुस्तक नपढेका आम पाठकहरुले पढ्न जरुरी छ ?
जवाफ: टुकी मोफसलको कथा हो । मोफसलका पाठकले मात्रै यो पुस्तकलाई अौधी मनपराएकाहुन् भन्ने होइन । ठूला शहरको भीडभित्र यसको चर्चा गुमनाम भएको हुनसक्छ । टुकी वास्तवमै मध्य तराईमा बसोबास गर्ने थारु समुदायको इतिहास हो । यसमा एक शताब्दी अघिदेखिका कथाहरु एक दुखियारी आमोई पात्रको माध्यमद्वारा मूर्तरुपमा चित्रण गरिएको छ । नेपाली सरल भाषाशैली सहितको थारु लवज, वर्षभरिका लोपोन्मुख चाडपर्व, खानपान, उवेलाको गाउँ परिवेश, लोपोन्मुख संस्कृति, थारु लोक भाका, भेषभुषा, चालचलन, रीतिरिवाज, प्रेम, विवाह, गोलावट प्रथा, कमैया परिवृत्त, गोठाले जीवन, अादीको मौलिक फेहरिस्तले सुसज्जित छ टुकी । यसर्थ आम पाठकले टुकी पढ्न जरुरी छ । जुन अन्य किताबभन्दा फरक धारको छ ।

प्रश्न: दु:खको कुरा पाठकहरुले औधी रुचाइएको पुस्तक टुकी लगायत सात-सात वटा उत्क्रिष्ट पुस्तकहरु मदन पुरस्कारको सुचीमासम्म समावेश नगरिदिदाँ कस्तो अनुभव गर्नु भएको छ ? यसमा कसको कमि कमजोरी देख्नु भएको छ ? के निर्णायक मण्डलको नजर नपुगेको हो या अरु केही भित्री रहस्य देख्नु भएको छ ?
जवाफ: यसमा भित्री रहस्य केही छैन । निर्णायक मण्डलको केही दोष छैन । टुकी मेरो पहिलो प्रकाशित कृति हो । यसर्थ नवसर्जक हुँ । नव सर्जकले लेखेका किताब माथी झट्टै समीक्षकहरुका नजर पर्दैनन् । मदन पुरस्कारको सुचीमा टुकी परेन भनेर केही दुख मनाउँ छैन । यो किताब अझ राम्रो बनाउन जति मेहनत गर्नुपर्ने थियो त्यो पुगेन भनौं । नेपालको सर्वोत्कृष्ट अनलाइन पोर्टल अनलाइन खबरबाट ‘यी सात पुस्तक, जो मदन पुरस्कारको सुचीमा परेनन्’ शिर्षकमा समाचार छापिदा, पुरस्कार पाएकै सरह खुसि लाग्यो । जुन सुचीमा टुकी पनि थियो । जसले नयाँ उर्जा थपेको छ म मा । अझ तिख्खर रचना कोर्नका लागि अनलाइन खबरले प्रोत्साहन दिएको छ । यो उर्जा, प्रोत्साहनका लागि अनलाइन खबरलाई हार्दिक धन्यवाद ।

67290998_487894568447924_5660076076408242176_n

प्रश्न: मदन पुरस्कारको सुचीमा समावेश नहुँदा पुस्रतको लोकप्रियतामा केहि असर परेको छ ? यसबारे पाठकहरुको प्रतिक्रिया के कस्तो पाउनु भएको छ ?
जवाफ: मदन पुरस्कारको सुचीमा पर्नुपर्ने किताब रहेछ टुकी । किन परेन ! के छ किताब भित्र ? भन्ने कौतुहलता जगाईदिएको छ अनलाइन खबरको खबरले । पाठक झनै किताब पढ्नका लागि सक्रिय भएकाछन् । म संग जोडिएका सामाजिक सञ्जालका पाठकहरू बाट प्रत्यक्ष प्रतिक्रिया बढेको छ । पाठक गणप्रति आभार प्रकट, जसविना हर लेखक थकथक ।

प्रश्न: नयाँ सर्जकले पुस्तक प्रकाशन गर्दा के कुरामा ध्यान दिनु पर्छ? पाठकहरुलाई कस्तो पुस्तकहरु अध्य्यन गर्न सुझाउनु हुन्छ ?
जवाफ: एउटा लेखक भएको हैसियतले नयाँ सर्जकलाई म यत्ति भन्छु – लेखकमा दरिनको लागि हतार नगरौं । पाठकीय परख पहिचान गरौँ । लेखकभन्दा पाठक साहित्यमा अब्बल छन् । खरो अध्ययन गरौं । अवलोकन गरौं । कलम तिखारौं । आफ्नै पहिचान दिनै मौलिक शैलीको विकास गरौं । अनिमात्र पुस्तक प्रकाशनका लागि अगाडि बढौं । बिबिध आयामका किताबहरु भएजस्तै बिबिध अभिरुचियुक्त पाठक हुन्छन् । कसैलाई कविता मनपर्छ । कसैलाई कथा, कसैलाई उपन्यास, गजल, मुक्तक आदि । यसै यो किताब पढ्नुस् भनेर सुझाउन गाह्राे छ अहिलेका पाठकलाई । जेहोस् यस्तो किताब पढ्नुस् जसले शरिरमा नया उर्जा थपोस्, नयाँ केही सिकाओस्, नयाँ स्वाद मिलोस् । पढिसकेपछि पनि यस्तो लागिरहोस् अझै म किताब भित्रको दुनियाँमा छु ।

प्रश्न: आगामी दिनमा हामीले तपाँईको के कस्तो क्रितिहरु पढ्न पाउनेछौँ ?
जवाफ: एउटा सिर्जना बजारमा आएपछि मेरोलागि पठकको प्रश्न पनि यहीँ हो । अब त झन् नलेखिरहन सक्दिनँ । पाठकले दिएको मायाले गर्दा अर्को उत्तरदायित्व थपिएको छ । लेखिरहेको छु । हतार केही छैन । ढिलै सहि, मेहनतका साथ दोस्रो कृति पाठकका हातहातमा थमाउनेछु । अहिले नै विधा नतोकौं । जय साहित्य ।

 

प्रस्तुति – एस डि अर्पण

3 thoughts on “थारु समुदायको जीवनशैली बुझ्न पढ्नु पर्छ टुकी- मनोज अज्ञात

  1. टुकि सफल साहित्यिक कृति हुन सकेकोमा बधाई छ मनोज जी । दोस्रो रचना मदन पुरस्कार प्राप्त गर्न सफलहोस हार्दिक शुभ कामना ।

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.