२३ जुलाई । मानिसले चाहेर पनि रोक्न र थेग्न नसक्ने प्राकृतिक प्रकोप नै हो।यधपी पुर्व सुचना र जानकारी दिन सके कम्तिमा पनि मानवीय क्षति न्यूनीकरण गर्ने आधार बन्थ्यो होला।बिडम्बना नेपालमा पुर्व सुचना दिने सम्यन्त्र सशक्त नहुदा बर्षेनी बाढी पहिरोका कारण अत्याधिनक जन-धनको क्षती बेहोर्नु पर्ने स्थिती छ।
त्यस्तै स्थितीको सामना गुल्मीवासीहरुले व्यहोर्नु परेको छ । हिजो गएको बाढी र पहिरोले गुल्मिको सत्यबती गाउँपालिका ठुलै मानवीय क्षति हुन पुग्यो।कसैको पुरै घर-परिवार पहिरोमा बिलिन भए भने कोहि बाँचेर पनि बेसाहारा बन्नु पर्ने कहालीलाग्दो स्थिती बनेको छ।सत्यबती गाउँपालिका स्थित लिम्घामा एकै घरपरिवारका ८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने लुम्पेककै सिङ्दिमा २ जनाको निधन भएको छ।
साउन ६ गतेदेखी लगातार बर्षा कारण बाढी -पहिरो आएको स्थानियले बताए।स्थानीय प्रहरी चौकी र जिल्ला सदरमुकाम तम्घासबाट पनि राहत एवं उद्धार टोलि खटाइएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ।भारी वर्षाका कारण घाइतेलाई उद्घारमा कठिनाइ भएको उद्धार टोलिमा सम्लङ्गन सुरक्षा अधिकारिले जानकारी दिएका छन्।