आउनुहोस!! प्रवास मा कर्मथलो बनायतापनि मातृभुमिको लागि भाबनात्मक सहयोग गरौ। नेपाल पर्यटन बोर्ड ले सन २०२० मा १५ लाख पर्यटन भित्र्याउने उद्देश्य का साथ विभिन्न ढङ्गले यो अबियान सफल पार्न विभिन्न देश मा बिबिध अभियान संचालन गरिएको परिप्रेक्ष मा पोल्यान्ड स्थित नेपाल र नेपाली का लागि निरन्तर लागिरहेका नेपाली हरु बिच आपसि चिनजान, भाबनात्मक एकता र नेपाली हरुको आत्मियता लाई प्रगाढ बनाउदै बिबिध कार्यक्रम का बिच पर्यटन प्रबर्द्धन को कार्यक्रम गरिने भएको छ।नेपाली , पोलिस र केही बिदेशी नागरिक हरुको माझ पोल्यान्ड स्थित नेपाली संघ सस्था मिडिया र पोल्यान्ड स्थित सरकारी निकायका ब्यक्ती हरु को उपस्थितिमा डौड प्रतियोगिता साथै नेपाली विभिन्न जातजातिका पहिरन, नेपाली खाना र नेपाली खुला रमाइली नाच पनि राखिने आयोजक कमिटिले जनाएको छ।
अगस्ट 25 मा आयोजना गर्न लागिएको उक्त कार्यक्रम मा नेपाली खानाका स्टल राखिने र खुल्ला छोटो दुरिको डौड प्रतियोगिता हुने जानकारी आयोजक कमिटिले जानाएको छ। उक्त कार्यक्रम को स्थान र समय पछि जानकारी गराउने भन्दै हाल पोल्यान्ड मा अवस्थित तथा कृयाशिल संघ सस्था, मिडिया र नेपाली जनसमुदायलाई उक्त कार्यक्रम सफल बनाउन आबहान गर्नुका साथै सम्पुर्ण नेपाल मन भएका नेपाली हरुलाइ सम्पर्कमा आउनका लागि पनि आयोजक कमिटिले जानकारि गराएको छ। उक्त कार्यक्रम सफल बनाउन गैर आवाशिय नेपाली संघ पोल्यान्ड का सस्थापक अध्यक्ष डा बोधराज सुवेदी ज्यु को नेतृत्व मा ५ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ।जस्को सम्पुर्ण बिबरण नाम नम्बर सहित तल दिइएको छ।
मुल सम्योजक:- डा बोधराज सुबेदि +48 606 852 837
सदस्यहरु :-
डा एलिनी पोख्रेल सुवेदी +48 604 787 866
• रेखा सापकोटा +48 729 556 882
• कबिन्द्र सुवेदी + 48 579 177 793
• सुसन परियार बिसर्जन +48 579 229 189