के धन नै सबैथोक हो र ?

कलश खरेल
२१ जुलाई । जीवन रङ्गाउने मिठा सपना सायद जो कोहिले पनि बनाउछन् होला तर कुनै परिस्थिति अनुमानभन्दा बिपरित कोणबाट तुसारापात हुने गरि झटारो बर्जिदा मानिसको जीवन सुख प्रप्त गर्ने मन्चनबाट बाहिरिनु पर्ने बाध्यताको माथ बन्दछ।आफ्नो परिबारसंग अन्तरङ्गको सुहागमा जिबन पहेली खेल्नु पर्ने रोमाञ्चक मोडमा बिछोडिएर बिदेशिको रैती बन्नु पर्ने एक नेपालीको जर्जर बाध्यताको भकारी बनिरहेको छ जीवन।कति चाहाना र इच्छालाई धितोमा लिलामी गरेर आर्जेको जिबनलाइ खण्डहरमा परिणत गर्दै दिन रात कडा परिश्रममा आहाल खेलिरहेको छ मानिस।समाज ,परिवार, दाजुभाइ एवं इस्टमित्र त्यतिबेला सम्म आत्मिय र प्रिय हुन्छन् जतिबेला सम्म मनग्य धनको सागरमा मानिस बिराजमान छ।एउटा व्यक्ति परिवार – समाजको लागि अहोरात्र जिबनलाई कठघरामा उभ्याएको छ तर त्यही बेक्ती गरिबको उपमा घुलिएपछी नजरले कोर्के लगाउदछ।आधुनिक समाज चौगुडा परिबर्तनको संघारमा उभिदा गरिब र निम्न बर्गको आर्धिक उन्नतिको सुत्रधार किन उचित रुपमा पहिल्याउन सकेको छैन। के एक निम्न बर्गिय मानिस जीवनभर दास बनेर अर्काको जिबनलाइ सुखिमय बनाउन माध्यममात्र बनिराख्नु पर्ने अस्त्र हो त ? यी बिषय संबेदनसिल र अति गम्भीर छन।अझै पनि एक धनी बुरुवाको घरमा गरिबको छोराछोरी दासको अतिरन्जनामा प्रताडित गरिएको छ्न।एउटा धनिको भोक र गरिबको भोक समान हुनु पर्ने होइन!।दुरुस्त भोकलाई दुई खेमामा बिभाजित गरेर गरिबले खाने भोजन र धनिले खाने भोजनमा जमिन-आसमानको भिन्नतामा धकेलिएको छ।आधुनिक समाजको रचयिताको वकालत गर्दै समानताको सिद्धान्त प्रेसित गर्ने तर व्यबहारमा विभेद र पक्षपात गर्ने शैली जबर्जस्त लागू गर्ने जुन तरिका उद्देलित गरिएको छ । त्यो नै अत्यन्त अदुरदर्शी छ।मन ठूलो कि धन ठूलो भनेर दुई कित्तामा सर्बे गर्नु भन्दा दुबै एक रथमा बलियो रुपमा मुखारित गर्नु अत्यावश्यक छ।टिप्पणी गर्नेहरुलाई छुट पनि छ ताकी आर्थिक हैसियत अनुसार जिबनयापन गर्ने हो भन्ने सन्दर्भमा व्याख्या वा विश्लेषण पनि होला। त्यो बिषयमा अन्तरध्यान केन्द्रित गरिरहदा समानता प्रतिको दृस्ठिकोण किन बिभाजित र पक्षपातपुर्ण छ भन्ने नै प्रमुख हो।आज एक निम्न बर्गिय मानिस रोगले छट्पटाउदै गर्दा पैसाको अभावमा मृत्युको मुखमा धकेलिनु पर्ने बिबशतामा बाधिएको दृश्य पर्दापण हुदा चीत्कार सुन्ने तर सहयोग नदर्शाउने परिपाटिले धनको अहंकार थप पेचिलो हुँदै गएको छ।समाज भौतिक रुपमा बिकास त भयो तर जुन स्तरमा मानसिकरुपमा परिबर्तन हुनु पर्ने हो त्यो निकै धिमा गतिमा भएको आभास हुन्छ।

download

एउटा सामान्य उदारण पेश गरौ। एउटा कामदार मालिकको सेवामा दिनरात ध्यान-मग्न हुन्छ।बिहान बिस्तारामा चियाको चुस्की पिलाउनेदेखि लिएर रात पर्दासम्म खाना खुवाउने कार्य उस्ले गरेको हुन्छ।कपडा धुने,घर सफा गर्ने,पाउना सत्कार गर्ने उसका नियमित कार्यतालिका हुन्छन्।कुनै बेला काममा कमजोरी भैहालेपनी अपाच्य गालिगलौज उसले सहनुपर्ने बाध्यता हुन्छ।त्यहीदौरानमा कामदार बिरामी हुदा तिनै घरमालिक बर्बराउन थाल्छन्।मानौ उ बिरामी भएको नाटक मन्चन गरेको छ।एउटा कैदिलाई जस्तो ब्यबाहार दर्शाउछन् जहाँ खान समयमै दिनु पर्ने ठाउमा पानी समेत दिन उनिहरुले हिचकिचाई रहेका हुन्छन।यो शब्दमा व्याख्या गरिरहदा कसैको मनमा दुराग्रह श्रीजना होला तर परिस्थितिको दुरुस्त चित्रण गरिएको छ।एउटा साउ महाजन र कामदारबिचको खाडल यहाँनीर दर्शाइएको मात्र हो । काम -कार्यमा तल-माथी हुन सक्ला तर समान ब्यबाहार देखाउपर्ने अबस्थामा तुच्छता प्रदशन गरिएको छ।यसो भनिरहदा कुनै बेक्ती विशेष वा पक्षलाइ सोझै आक्षेप लगाउन खोजिएको पनि हैन।केबल समग्र खराब प्रवृत्तिलाई उठान गरेका हौ।कतिपयले अभिभाकत्व ग्रहण गरेर अँध्यारो जीवनलाई उज्यालो बनाउन अहम भुमिका निर्बाह गरेको उदारहण पनि छ। वास्तवमा धनि र गरिब बिचको धरातलिय खाडललाई उजार गरिएको परिपेक्षमा आगामी दिनमा उच्च बर्गले निमुखा माथि देखाउने आडम्बरता अन्तरमनदेखी त्याग्न सके समानता व्यवहारमै लागू हुन सक्छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.