गैर आवासीय नेपाली संघ पोल्यान्डका अध्यक्ष गोपाल राइले एन आर एन ए पोल्यान्डको अनलाइन सदस्यता फारम भर्न पोल्यान्ड बस्ने नेपालीहरुलाई हार्दिक अपिल
गरेका छन् ।
साथै एन आर एन ए पोल्यान्डले आधिकारिक रुपमा सूचना पनि जारी गरेको छ ।
“एन आर एन ए पोल्याण्ड “को जरुरी सुचना !
——————-———————
एन आर एन ए पोल्यान्डको राष्ट्रिय महाधिवेशनका लागि नबिकरण र नयाँ सदस्यता लिने बारे !
आदरणीय पोल्यान्ड बासि नेपाली दाजुभाई, दिदिबहिनिहरु,
आगामी सेप्टेम्बर महिनामा वार्सा सम्पन्न हुन गैरहेको गैर-आवासीय नेपाली संघ, पोल्यान्ड को तेस्रो राष्ट्रिय महाधिवेशनको लागि नविकरण तथा नयाँ सदस्यता लिने समय २५ अगस्ट २०१९ सम्म मात्र रहेको हुदा समयमै अनलाइन मार्फत फाराम भरि सदस्यता बनि दिन हुन पुन सबैमा अनुरोध गर्दछौ ।
फारम भर्दा ध्यान दिनु पर्ने कुराहरु :
१) सर्बप्रथम Member Registration मा गएर First Name, Last Name, Country, Region ( poland Select) phone Number हानेर Send varification Code मा click गर्ने ।
आफ्नो मोबाइलमा 4 digit को code आउछ त्यो code हानेर आफ्नो valid email सहित password creat गरेर नयाँ एकाउण्ट खोल्नु पर्नेछ ।
अनि बल्ल further process मा अगाडि गई * चिन्ह ( जुन compulsory भर्नु पर्ने हुन्छ)
भरी profile फोटो अनि आफु सँग भएको valid polish Identity card, Driving Licence, Karta pobytu (TRC , PRC) वा Passport ( Polish/Nepali मध्ये एक अनिबार्य अपलोड गर्नु पर्नेछ ।
त्यस पछि last मा payment option आउने छ र bank Account नहुनेको लागि cash मा क्लिक गर्नु होला र bank account बाट pay गर्नु हुन्छ भने bank transfer select गर्नु होला । सदस्यता शुल्क तिरेपछि त्यसको pay slip screenshot गरेर त्यहाँ अपलोड गर्न नभुल्नु होला नत्र फारम submit हुदैन ।
सबै प्रकृया पुरा गरेर फारम पठाई सकेपछि तपाईलाई एक मेल आउनेछ र पछि तपाइले भरेर पठाएको फारम ठिक भए verified भएर अर्को varified मेल आउनेछ यसरी तपाई सदस्यता बन्नु हुनेछ ।
नोट: एक चोटी नयाँ Acoount Creat गरेर फारम भर्दा भर्दै कुनै समस्या आयो र फारम Submit भएन भने फेरि तपाईले नयाँ Account Creat गरिरहन जरुरत छैन, अर्को पटक खोल्दा
Login मा क्लिक गरेर user name मा आफ्नो इमेल र creat गरेको password हानेर profile खोल्न सक्नु हुनेछ र फेरि edit गरेर submit गर्न सक्नुहुनेछ ।
धन्यबाद ।
फाराम भर्ने लिङ्क :
https://mero.nrna.org/
धन्यवाद ।
गैर आवासीय नेपाली संघ, पोल्यान्ड