१८ जुलाई । भनिन्छ इच्छा र चाहना भयो भने कुनै अबरोधले छेकबार गर्दैन।त्यस्तै भएको छ रोमा न्यौपानेको हकमा पनि। उनी शारीरिक रुपमा सामान्य मानिस जस्तै २ खुट्टा नभए पनि उनलाई अभिनय गर्न २ वटा खुट्टाको जरुरत परेन। उनी अरु मोडेल भन्दा नाच्नमा कुनै कोणमा कमि छैनन्।
परिणामस्वरूप उनी गायिका सरिता प्रजापतिको तीज गीत तीजमा बबाल मच्चाउछु नामक गीति सङ्ग्रहमा दमदार नृत्य गरेर अब्बलताको पुष्ठि गरेकी छन।उनको अभिनयले गीतलाई थप सुनमा सुगन्ध थपेको छ।गायिका प्रजापतिको युगिन स्वरमा सजिएको तीज कोशेलिमा दिनेश कंडेलको शब्द रहेको छ भने अनिश श्रेष्ठले सङ्गीत भरेका छन् ।