कास्की समाज पोर्तुगलको आगामी अधिबेशन जुलाइ २९ मा

८ जुलाई । कास्की समाज पोर्तुगलको अधिबेशन जुलाई २९ मा लिस्बोनको जिनाजियो क्लबमा हुने भएको छ। सो निर्णय समाजको आईतवार बसेको एक भेलाले गरेको हो।कास्की घर भइ हाल पोर्तुगलमा बसोबास गरि विभिन्न क्षेत्रमा कार्यरत कस्केलीहरुको हकहित र भाईचारा सम्बन्धको बिकास गर्ने उद्देशकासाथ २०१५ जनवरी १ मा नवीन गिरीको अध्यक्षतामा बनेको तदर्थ समितिले पोर्तुगलका कस्केली समुदायको पहिलो अधिवेशन २०१६ जनवरी १ मा आयोजना गरेको थियो । कास्की समाज पोर्तुगलमा गठन रहेका सामाजिक संस्थाहरुमा एउटा सकृय सामाजिक कार्य गर्ने संस्थाको रूपमा आफ्नो क्षेत्र र समुदायमा चिरपरिचित रहदै आएको छ। तिजमा चेलीबेटी खुवाउने, दसै, तिहार, छठ, मह पुजा, ल्होसार जस्ता चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम संचालन लगायत विभिन्न सामाजिक संघसंस्थाहरुसंग हातेमालो गर्दै सामाजिक क्रियाकलाप आबद्ध रहेको कुरा भेलामा सहभागीलाई जानकारी गराईएको छ ।

67198855_1112911608908332_5178415826537021440_n

समाजका अध्यक्ष यज्ञ प्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न भेलामा तिमिल्सिनाले आगामी अधिबेशनमा सबैको सक्रिय उपस्थितिको लागि बिशेष आह्वान गरेका थिए।। त्यस्तै भेलामा पोर्तुगलमा छरिएर बसेका कस्केली समुदायलाई उक्त अधिबेशन सहभागी भइ कास्कीको बृहत बिकास र हातमा हात मिलाउन कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका संरक्षक रमेशकुमार गुरुङ, महिला उपाध्यक्ष सीता बराल, महासचिव गोविन्द पौडेल, कोषाध्यक्ष रेमस आचार्य लगायतले अधिवेशन सफल बनाउन आफ्नो ठाँउबाट लागि पर्दै साधारण सदस्यता बितरणमा तीव्रता दिनु पर्नेमा जोड दिएका थिए । उक्त कार्यकोलागि समाजका अध्यक्ष यज्ञ प्रसाद तिमिल्सिना, सीता बराल, रेमस आचार्य, नवीन तिमल्सिनालाई जिम्मेवारी दिएको छ । भेलामा उपस्तिथिहरुले लिस्बोनभन्दा बाहिर रहेका कस्केलीहरुलाई समेत बृहत रूपमा समटेर सम्पूर्ण कस्केलीको साझा संस्था बनाउनु पर्ने कुरामा विशेष ध्यानाकर्षण गराएका थिए । भेलाको संचालन समाजका महासचिव नवीन बरालले गरेका थिए । साथै समाजको कार्यसमितिको बैठकले रमेश गुरुङ्गको सम्योजकत्वमा ५ सदस्यीय निर्बाचन समिती गठन गरेको छ।समितिका सदस्यमा गोबिन्द पौडेल ,सीता बराल,मनिराम नेपालि र रेमस आचार्य रहेका छन्।

स्थान ;Rua dos Anjos 63, 1150-035 Lisboa लिस्बोन , जिनिसिओ हल
मिती २९ जुलाई २०१९
समय ; दिनको ३ ;३० बजे

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.