पोल्यान्डको वार्समा आदिकवि भानुभक्त आचार्यको २०६ औ भानुजयन्ती आज असार २९ तदानुसार जुलाई १४,२०१९ मा सफल्तापूर्बक सम्पन्न भएको छ। नेपाली भाषा , साहित्यका मुर्धन्य ब्याक्तित्व भानुभक्तको जन्म जयन्ती मनाउदै नेपाली भाषा साहित्यलाई प्रवासमा बसेर पनि यसको बिकास र वृद्धिमा लागि पर्न पोल्यान्डमै पहिलो पटक भानु जयन्ती सम्पन्न गरिएको छ।
पोल्यान्ड स्थित विभिन्न संघ/सस्थाका प्रमुख तथा प्रतिनिधिहरु र नेपाली भाषा साहित्यप्रेमी र साहित्यिक सर्जकहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा साहित्य अनुरागी तुल्सी पोख्रेल अर्याल,मनोज कुमार सुन्दाश, ,सङ्गिता लामा, समीक्षा शर्मा, गुल्मी समाज को सहसचिव तारा पौडेल, पोल्यान्ड नेपाली ब्यबसायी संघ का सम्योजक आनन्द घिमिरे,जनसम्पर्क समिती पोल्यान्ड का सभापति डा एलिनी पोख्रेल सुवेदी,र प्रवासी नेपाली एकता मंचका संयोजक टंक कटुवालको उपस्थिती थियो भने गैर आवासीय नेपाली संघ पोल्यान्डका उपाध्यक्ष जीवन केसि को पनि विशेष उपस्थिति रहेको थियो। मैन दिप प्रज्वलन तथा भानुभक्तको तस्बिरमा पुष्प अर्पण गर्दै सुभारम्भ भएको उक्त कार्यक्रममा गैरअवासीय नेपाली संघ पोल्यान्डका सस्थापक अध्यक्ष डा बोधराज सुवेदी ज्यु को प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथीद्वारा भानुभक्त ले देखायको बधुशिक्षा, प्रश्नोउत्तर र रामायण लगायतका पुस्तक पाठ गरेर मानब जीवन का यथार्थ बोध गर्नुपर्ने र सधै साहित्य साधना ले मात्र मान्छेको जीवनमा सम्बोधित्वको बाटो भेटिने र मोक्ष प्राप्त हुने बताउनु भएको थियो भने पोल्यान्ड नेपाल का प्रधान सम्पादक मित्रलाल पार्देको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्षले आगामी बर्ष पनि विशेष ढङ्गले भानुजयन्ती संचालन गर्ने प्रतिबद्धता जनाउदै आगन्तुक सम्पुर्ण लाई धन्यबाद का साथै आफ्नो कबिता आधुनिक भीष्म ‘पितामह्हरु ´ पाठ गर्दै बिसर्जन भएको उक्त कार्यक्रम ब्यब्स्थापक तथा सम्योजक श्री सुसन परियार बिसर्जन द्वारा संचालन भएको थियो।
उक्त कार्यक्रममा बाचन गरिएका दुई कबिता हरु निम्नानुसार छन् :
आधुनिक भिष्म पितामहहरु
रचनाकार :मित्र लाल पार्दे
हस्तिनापुर भन्दा धेरै टाढा ,
कता हो कता ,,
द्रौपदीको शरीर लुटिदैछ ,
हिटलरले रगत तन्काउदैछ ,,
क्षितिज पारीकी डल्ली बेचिदैछ,
हस्तिनापुर नजिकैको काले बेचिदैछ,,
सुन्दैन कसैको कुरा ,
सुन्दैन डल्लीले कसैको कुरा ,,
सुन्छे केवल क्रुर धेरै टाढाका शकुनीहरुको भाईबर ,
सुन्छ काले केवल मात्र फेस्बुक मेसेन्जर ,
किन कि उसलाई सपना सुन्न मन लाग्छ ,,
किनकी डल्लीलाई सपना देख्न मन लाग्छ ,
सपना सुन्न र देख्न मजा मान्नेहरुको देशमा,,
एउटा कालो सर्प ,
अर्को हरियो सर्प ,,
अध्यारो कोठामा सुटुक्क पसेका छन्,
अध्यारो कोठामा बत्ती बाल्छु भन्दै लाइटर बोकेका छन् ,,
उनिलाई के थाहा ,
त्यो लाइटरले बत्ती बाल्ने होइन घरमा आगो लगाउने हो,
डल्लीको मनलाई बन मान्छेले बिगारेन ,,
डल्लीको मन सेता बादल पारीका मान्छेले बिगारे ,
कालेको सोच बिहान सधैं पढ्न उठाउने भालेले बिगारेन,,
कालेको मन कोहि पालेहरुले बिगारेन ,
तर सपनाको दौडाइमा हिंडेका काले र डल्लिको मन,
उडन्तस्तरिका सेता मान्छेहरुले बिगारे ,,
राता चिउडाहरुले बिगारे ,
काला हरु सेता मनका थिए तर डल्लीले सुनिन,,
सेताहरु देखिने सेता तर काला मनका थिए तर कालेले सुनेन,
त्यसैले त ,
वास्तविक्तालाई बुझ्ने प्रयास नगर्दा सेतेहरुको विश्वास गर्दा,
ठुला शहरहरुको बिचमा डल्लीले तिघ्राको ब्यापार गर्दै छे रे ,
न्युटन आइन्स्टाइन हुन सक्ने काले सिध्राको ब्यापार गर्दैछ रे,,
त्यही नमिल्दो ब्यापार टुलु टुलु हेरिरहेका छन् ,
आधुनिक भिष्म पितामहहरु,,
हस्तिनापुरको नाममा ,,
नत कौरबलाई रोक्न सक्ने ,नत द्रौपदिको इज्जत रोक्न सक्ने,
तर आँफै रोएर मरिरहेका छन् आधुनिक भिष्म पितामहहरु,,
नत अहिले कृष्ण छन् ,नत अर्जुन छन् ,नत कौरव छन् ,
न त हस्तिनापुर छ ,,
तर हस्तिपुर भन्दा धेरै टाढा दर्जनौ हस्तिनापुरमा ,
द्रौपदीजस्ता डल्लीहरुको चिर हरण भइरहेको छ ,,
आफ्नै सेतो मनको कालो अर्जुन नातिको बाणले होइन ,
हस्तिनापुर भन्दा धेरै टाढा कालो मनका सेतेहरुको
स्लो पोइजनमा परेर ,
चुपचाप चीरहरण हेर्छन् मात्र आसु निकाल्छन् ,,
आफ्नै त्यही आसुमा डुबेर मर्छन आधुनिक भिष्म पितामहहरु । ।
कबिता
रचनाकार : सुसन परियार बिसर्जन
फगत म बस्तु
अरे कोहि आउ
र दिलमा राज गर
म बर्सौ भो प्रेमिल अनुभिती मा
न्यानो अङ्गालोमा
र मीठो माधुर्यता को ललाट देखि दुर भएको
मलाइ कहिले ढुङ्गा मानेर कुद्नु
मलाइ कहिले देउता मानेर पुज्नु
निराधार मेरा सपनाका स्तम्भ हरुमा
पडकाए हुन्छ तिम्रा बिचार का एम्बुस हरु
म दिल छिया छिया बनाएर बिछिप्त हुन तयार छु
असरल्ल छरिएका
मेरा सपना र प्रेम का भाब भङ्गि मा
गरे हुन्छ
मोल तोल को बजार
म तिमिले
चाहेको मुल्यमा क्रय बिक्रय हुन सक्छु
चाहे लाख मा बेच
चाहे लात मा बेच
कहाँ को कहाँ धुमिल बिम्ब हरु खोज्दै
डौडिरहने मेरा मनका गहरा हरुमा
रोपे हुन्छ तिमिले
सिउडी र क्याक्टस पनि
तिम्रा लागि मरुभूमि भैदिन सक्छु
रोपे हुन्छ तिम्रो स्वार्थ को कमल
म हिलो भैदिन सक्छु
अनि रोपे हुन्छ लालुपाते र गुरास
म चिसो पहाद भैदिन सक्छु।
के छन बाकी सब गर मत मान्छे हैन बस्तु हु
जसरी चलाय पनि हुन्छ जसरी फलाय पनि हुन्छ
फगत मत बस्तु हु
फगत म बस्तु हु।
उक्त कार्यक्रम मा लिइएका केही तस्बिरहरु: