बिगत दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल अग्रज पत्रकार राजकुमार थापा हाल नेपाल पत्रकार महासंघ पोर्चुगल शाखाको सह-संयोजक छन् । उनले परिस्थिको जटिलतालाई समेत चिर्दै पत्रकारिता मार्फत आम नेपाली जनतालाई सुसुचित गर्ने सवालमा कुनै कसर बाँकी राखेनन् । खाने मुखलाई जुँघाले छेक्दैन भने झैँ उनले स्वदेश त छोडे तर प्रवासमा रहेर पनि नेपाली पत्रकारिताप्रतिको लगाव र समर्पण रत्तिभर कम गरेनन् ।परिणामस्वरूप आम नेपाली जनमानसमा कुशल पत्रकारको रुपमा कहलिएका छन् ।उनै पत्रकार थापासगँ केही दिन अघि पोल्यान्ड नेपालका सम्पादक कलश खरेलले पोर्चुगलमा पत्रकारिताका विविध आयामको सन्दर्भमा विशेष संवाद गरेका थिए। खरेलले राखेको विशेष प्रश्नको जवाफ दिदै पत्रकार थापाले भनेका थिए:क्षणिक उत्तेजना र लहडको भरमा सामाजिक सन्जालमा लेख्दैमा सच्चा पत्रकार कदापी हुन सक्दैन र त्यस्तो पत्रकार हुन् नसक्ने थापाको कथन थियो। बाँकी भिडियोको सारबाट….