रामकृस्ण कंडेल
०८ जुलाई। NRNAअस्ट्रेलियाको निर्बाचनमा Vice coordinator पदमा गुल्मीको मुसिकोट नगरपालिका ,वार्डनं ९,अर्लाड०कोटमा जन्मिनु भएका मणिरत्न सापकोटा बिजयी हुनुभएको छ।असार२१गते सम्पन्न निर्बाचनमा मतदाता हरू प्रत्यक्ष रूपमा उपस्थित हुनुपर्ने र अस्ट्रेलिया को प्रत्येक राज्यमा एक एक मतदान केन्द्र रहेकोले मतदान केन्द्रमा कार्यक्रम निकै भब्य थियो।कुल मतदाता१९९६ रहेता पनि १२७४ मत मात्रै खसेको थियो।उहॉले ६९१मत प्राप्त गर्नु भएको थियो भने उहॉको निकटतम प्रतिस्पर्धी गौतम लामिछानेले ४५७मत प्राप्त गरेको बताईएको छ।
मध्यम किसान परिवारमा जन्मिनु भएका सापकोटा रोजगारिको शिलशिलामा लामो समय देखि अस्ट्रेलियामा कार्यरत रहदै आऊनु भएको छ।अस्ट्रेलियामा कार्यरत ४५ बर्षिय मणिरत्न सापकोटाको भौतिक शरिर बिदेशमा रहेता पनि आफ्नो मातृभूमी नेपाल लाई अत्यन्तै मॉया गर्नु हुन्छ।सामाजिक सेवामा समर्पित हुन चाहाने मणिरत्न सापकोटा यस भन्दा अगाडि गुल्मी समाज भिक्टोरियाको अध्यक्ष भई आफ्नो कार्यकालमा महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएको थियो।
आफ्नो जन्मस्थान का सडक निर्माण,बिधालय,मन्दिर आदि लगायतका क्षेत्रमा ऊहॉले समय समयमा ठुलो रकम आर्थीक सहयोग गर्दै आऊनु भएका छ।सेवा नै धर्म हो भन्ने मुल मन्त्र बाट प्रभाबित सापकोटाको NRNAमा बिजयले यस क्षेत्रमा ठुलो खुसी छाएको छ।बिभीन्न सोसल मिडिया हरू मार्फत उहॉको कार्य सफलताको शुभ कामना दिने हरूको संख्या निकै ठुलो रहेको छ।”बिजय घोषणा पश्चात हामि निकै खुसी भयौ,मणिरत्न जी को बिजय हामि सबै गुल्मेली हरूको बिजय हो”महेन्द्र आदर्श मा बि वामीटक्सार गुल्मीका पूर्ब प्रधानाध्यापक तथा हाल अस्ट्रेलिया भ्रमणमा रहनु भएका भिमलाल सापकोटाले हामी संगको कुराकानीमा बताऊनु भयो।
Vice coordinator जस्तो गरिमामय पदमा बिजय पश्चात बिजयी मणिरत्न सापकोटा लाई हजुरको बिजयले नेपालमा हामिले के आश गरौ साथै नेपालमा तपॉई को के गर्ने रहर छ भनी हाम्रो जिज्ञॉसामा ऊहॉको जबाफ थियो:”नेपाल शुन्दर शान्त देश हो,यसको बिश्वभर प्रचार प्रसार गर्ने,ठुलो संख्यामा बिदेशमा रहेका नेपाली हरू लाई स्वदेशमै फर्केर लगानी गर्न आग्रह गर्दछु ।नेपाल सरकार संग पनि गैर आवाशिय नेपाली हरूको लगानी भित्र्याऊन लगानी मैत्री बाताबरण बनाऊन आग्रह गर्दछु।र म पनि नेपालमै फर्की होटल तथा पर्यटन क्षेत्रमा सक्दो लगानी गर्ने,बेरोजगार हरू लाई रोजगारीका अवसर सृजना गर्ने आदि कार्यमा जोड दिई आफ्नो मातृभूमी प्रती महत्वपूर्ण भूमिका निर्बाह गर्न चाहान्छु।”
सानै ऊमेर देखि सबैको भलो हुने कार्यमा आफ्नो जिवन समर्पित गर्नु भएका हाल अस्ट्रेलियामा कार्यरत गुल्मेली युवा आदरणिय मणिरत्न सापकोटा ले अमुल्य मत प्राप्त गरी अत्यधिक मतले बिजय हुनु भएकोमा बिजयी मणिरत्न सापकोटा प्रति हार्दिक बधाई तथा कार्य सफलताको शुभ कामना!