आहा ! यो सरकार
छन्द: शार्दूलबिक्रिडित
रचनाकार: स्पन्दन बिनोद
यो मेरो सरकारमा थरथरै , काप्यो भुकम्पै सब
यो मेरो सरकारमा सहरको, मैलो भयो गायब
धूलो छैन् न धुँवा बिरोध जगमा, भो माक्स लाईकन
आहा! यो सरकार हेर बबुरो, खोस्टो उतारीकन ।।१।।
मन्त्री क्वाटरमा बसेर कसरी, जोम्सोममा छौ भनौ
हावाकै बिजुली निकाल्छु जनता, भन्दा नि मक्खै बनौ
आयो जोकर रंगमंच बिचमा, बर्बाद पा-यो धन
आहा! यो सरकार हेर बबुरो, खोस्टो उतारीकन ।।२।।
नेपाली जनमा परिश्रम भए, भान्सा बिदेशी किन
खाँदैछौ बिष चारसाँध अहिले, डाँको छ फेरी किन
फोटो मात्र तुईनको कथित हो, भन्दैछ भेट्ने छन?
आहा! यो सरकार हेर बबुरो, खोस्टो उतारीकन ।।३।।
वारी देखि चढेर रेल लिगमा, नेपाल घुम्ने भयौ
पानीमा छ जहाज हेर निमुखा, हाँसेर मर्ने भयौ
त्यो दर्वार घुमी घुमी घरघरै, आयो भनेझैं बन
आहा! यो सरकार हेर बबुरो, खोस्टो उतारीकन ।।४।।
काटे घाँस स्वरोजगार रूपले, लुट्नै थियो देश जो
काण्डै काण्ड बिकास भेलहरूले, बग्दै डुबेको थियो
बारम्बार उही महान् मगजले, भैसी मनोरन्जन
आहा! यो सरकार हेर बबुरो, खोस्टो उतारीकन ।।५।।