अधिकारीलाई विशिष्ट श्रेणीको अवार्डद्वारा सम्मान

एस डि अर्पण
६ जुलाई, वार्सावा । गत वर्ष निकोलस कोपरनिकस खगोलशास्त्र अध्ययन केन्द्र, पोलिश एकाडेमी अफ साइन्सेसबाट विशिष्ट 48358640_10213422535588346_1706095043015606272_nश्रेणी सहित विद्यावारिधी हासिल गरेका टेक प्रसाद अधिकारीलाई यसपाली पुन: विशिष्ट श्रेणीको अवार्डद्वारा सम्मान गरिएको छ । युवा बैज्ञानिक तथा खगोलशास्त्री अधिकारीले “सक्रीय तारापुञ्जहरुको वातावरण सम्बन्धि एक अध्ययन” शीर्षक अन्तरगत तारापुञ्जहरुको गहिरो अध्ययन एवं अनुसन्धान गरेका थिए । जहाँ उनले सक्रिय तारापुञ्जहरुको केन्द्र सुर्यभन्दा लाखौं करोडौं गुणा पिण्ड भ​एको कालो छिद्र (ब्ल्याक होल) हुन्छ, जसको गुरुत्वाकसर्षण बलले वरिपरि रहेका पदार्थहरुलाई आकर्षण गर्दछ तर पदार्थहरु कालो छिद्रतिर आकर्षण मात्र नभएर आँधीको रुपमा बाहिरतिर बिकर्षण वा बगिरहेका हुन्छन्। जसलाई बैज्ञानिक भाषामा “सक्रिय तारापुञ्ज आँधी” भनिन्छ​ भन्ने निष्कर्श निकालेका थिए ​। अवार्ड पाए लगत्तै उनको सोधपत्र स्प्रिङ्गर थेसिससहित विशिष्ट अनुसन्धानत्मक पी एच डि भन्दै पुस्तकको रुपमा प्रकाशित समेत भएको छ । १२६ पेज लामो उनको पुस्तक अनलाईन मार्फत स्प्रिङ्गर डट कम मा पनि अध्ययन गर्न सकिनेछ । त्यस्तै खगोलशास्त्रमा रुचि एवं अनुसन्धान गर्ने जो कोहिले उक्त अनलाईन मार्फत अधिकारीका अन्य विभिन्न सोधपत्रहरु पढ्न सक्ने छन् ।

 

65391108_10214768223829711_7876835064401625088_o

सन् २०१३ देखि २०१८ सम्म प्रोफेसर अगता रोजान्स्काको सुपरभाईजरमा गहिरो अध्ययन अनुसन्धान गरेका अधिकारी उक्त अवार्डद्वारा सम्मान पाउने एक मात्र नेपाली हुन् । कम्प्यूटर प्रोग्रामिंग प्रयोग गरेर सक्रिय तारापुञ्जहरुको वातारण सम्बन्धि गहन अनुसन्धान गरेका उनले १५ भन्दा बढि बैज्ञानिक सोधपत्रहरु विश्वका उत्क्रिष्ट खगोलबिज्ञानका जर्नलहरुमा प्रकशित गर्ने देखि लिएर विभिन्न देशहरुमा ग​एर आफ्नो सोधपत्रहरु प्रस्तुत गरीसकेका छन्। उनको अनुसन्धानका क्रममा उनले खगोल विज्ञानमा उत्कृष्ट अनुसन्धान गरेबापत पोलिश एकाडेमी अफ साइन्स पोल्याण्डले २०१६ वर्ष यूवा बैज्ञानिक पुरस्कारद्वारा सम्मानित गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.