पोल्यान्डको वारसवा भन्दा धेरै टाढा लेत्विच ठाउमा नेपालबाट भर्खरै आएका प्रकाश खतिवडाले दिएको जानकारी अनुसार प्युठान बाट आएका एक नेपालीको पानीमा डुबेर मृत्यु भएको खबर गराएका छन् । उनले दिएको रिपोर्ट अनुसार नदीमा नुहाउन गएको बेला उक्त घटना भएको थियो । गहिरो ठाउँमा डुबेर उनको मृत्यु हुन पुग्यो । उनले जानकारी गराए अनुसार उक्त व्यक्ती २० ,२२ दिन अगाडी पोल्यान्ड आएको जानकारी पोल्यान्ड नेपाललाई गराएका छन् । उक्त घटना आइतबार भएको जानकारी प्राप्त भएको छ ।
यस बारे सत्य तथ्य के हो कसरी उक्त घटना भो विस्तृत जानकारी सम्बन्धित निकायमा बुझेर पोल्यान्ड नेपालले यथाशीघ्र गराउनेछ ।