नुमनाथ न्यौपाने
पोल्यान्ड
हामी कहिले सम्म बिदेशी रेसिडेन्ट कार्ड लिन लालायित बन्ने????
बाहिरी रुपमा हामी सबै आफुलाई देशभक्त भनेर भन्न चाहान्छौ र सबैले भन्ने गर्छौ मलाई नेपाली हुनुमा गर्व छ र मलाई मेरो देश मेरो प्राण भन्दा प्यारो छ।तर हामी अन्तरमन देखि भने ठुलाठुला बिकसित देश मा गएर त्यहाको रेसिडेन्ट कार्ड लिएर आरामको जिन्दगी बिताउने साथै आफू बिकसित देशको स्थायी नागरिक बनेर बस्ने सोच बनाईरहेका हुन्छौ।।
हाम्रो देश बिश्वमै स्वर्गको टुक्रा जस्तो देश हो,जहाँ प्रकृतिले सबै चिज उपलब्ध गराएको छ।।हाम्रो देश मा बिश्वको अग्लो सगरमाथा पर्छ ,जलश्रोत मा बिश्वमा दोस्रो धनी देश,भगवान गौतम बुद्ध जन्मेको बुद्ध भुमी,ऋषि महर्षिहरुको तपोभुमी लगायत थुप्रै चिजहरु हाम्रै देशमा छन भनेर भन्दा हामी गर्व महशुस गर्छौ।।।
प्रकृतिले सम्पन्न भएता पनि हाम्रो देशमा राजनितिक अस्थिरता घुसपैठ भ्रस्टाचार जस्ता कारण ले गर्दा हाम्रो देश २१ औ शताब्दीमा आईपुग्दा पनि धेरै पछाडी छ र जसको फलस्वरुप हामी आझ रोजगारिको लागि आफ्नो रोजिरोटिको लागि बिश्वका अनेक रास्ट्रमा जान बाध्य छौ।।।
देशको दक्ष जनशक्ति दिनहु रोजगारी को लागि देश छोडिरहेको अबस्था छ भने देशमै केही गर्छु भनेर लागिपरेका ब्यक्ति पनि देशको नाजुक अबस्था खुट्टा तान्ने प्रबृत्ती ले गर्दा दिनप्रतिदिन आफ्नो मनस्थिति बदल्दै युरोप अस्ट्रेलिया को पियार अनि रेसिडेन्ट लिएर बस्ने सपना देख्न थालेका छन।।।
लामो समयदेखी विभिन्न अधिकार का नाममा आन्दोलन गर्दै गणतन्त्र मा प्रबेश गरिसकेको अबस्थामा नेपाल सरकार ले युबा पलायन रोक्नको लागि कुनै ठोस कदम चालेको देखिएको छैन।
देशको अबस्था यस्तो भैसकेको छ कि बच्चाबच्ची जन्मिए पछि बुवाआमाले मेरो छोरो/छोरी लाई ठूलो भएर युरोप अस्ट्रेलिया अमेरिका जाउस भन्दै आशीर्वाद दिन्छन र सानैदेखी नै देशमा बस्ने केही गर्ने भन्ने सोच हामिमा हराउदै गइरहेको हुन्छ ।।जबजब हामी स्कुल लेभल पढाइ पार गर्छौ अनि बिदेश को बारेमा सोच्न थाल्छौ।
कोहि पढेर केही सिकेर नेपालमै फर्केर केही गर्ने भन्दै युरोप अस्ट्रेलिया अमेरिका छिर्छौ त कोहि त्यतैको रेसिडेन्ट भएर सुख सुबिधा का साथ त्यतै बस्ने भन्दै छिर्छौ।।।
म पनि सुरुमा आफ्नै देशमै केही गर्नुपर्छ आफ्नो पसिना देश र समाज परिबर्तन को लागि बगाउनुपर्छ भन्दै हिड्ने गर्थे। तर समय परिस्थिती ले जब एसएलसी पछि उच्छ सिक्षाको निम्ति घर छोडेर अन्यत्र गए तबदेखी मेरो मनमा पनि किन किन बिदेश जाने भन्ने सोच आउन थाल्यो।।
यसैक्रममा म पनि करिब दुई बर्ष अगाडि मात्र युरोपको सपना सजाउदै पोल्यान्ड आएको हु।।।म आउने बेलामा पोल्यान्ड मा नेपालिहरुको जनसंख्या बढ्दो क्रममा थियो,अन्यत्र देशमा अध्ययन को लागि आएका नेपालीहरु पनि पोल्यान्ड मा कार्ड बन्छ भन्दै यहि आउने गर्थे।।।यसैक्रम मा हाम्रो देशबाट सरकारी जागिरे ,राजनितिज्ञ तथा विभिन्न ब्यबसाय गर्दै आएका ब्यबसायी पनि आफ्नो युरोपको सपना बुन्दै पोल्यान्ड आएका थिए जसमध्ये कोहि यहाको बिकास को कारण के होला भन्ने चासो राख्ने गर्दथे भने कोहि यहाका नागरिक ले कुन प्रबिधी अपनाएर यहाँ काम गर्छन भन्ने जस्ता कुरा हरु सिक्नको लागि आफू पोल्यान्ड आएको भनेर बताउने गर्दथे।।…..तर समय बित्दै जादा पोल्यान्ड मा अहिले आएर डकुमेन्टेशन प्रकृया केही झन्झटिलो तथा गार्हो बनायो जसको फलस्वरूप हिजो पोल्यान्ड को बिकास प्रबिधी को बारेमा केहि सिकेर स्वदेश फर्किने योजना लिएर आएका महान देशभक्त ब्यक्तिहरु पनि आज पोल्यान्ड मा पियार तथा रेसिडेन्ट को लागि गार्हो पर्ने भन्दै अन्यत्र मुलुक गैरहेका छन।यसबाट के पुष्टि हुन्छ भन्दा हामी नेपालिहरु बाहिर जे जति आफ्नो देशको बारेमा गफ गरेता पनि आफुलाई नेपाली भएकोमा गर्व अनुभुती भाको भनेता पनि भित्री मनदेखी हामी युरोप को रेसिडेन्ट कार्ड लिन आतुर छौ,,हामी हाम्रो सस्कृतीमा होईन पश्चिमी सस्कृतिलाई अपनाउन पाउँदा खुसी छौ,,आखिर यस्तो किन त???यसरी देशमै केही गर्ने सोच भएका युबाशक्ती पनि युरोप छिरेपछी किन नेपाल फर्किन चाहादैनन त? देशको ढुकुटी लिएर छात्रवृत्ति भन्दै बिदेश पढ्न गएकाहरु किन आफ्नै देशमा गएर सेवा गर्न चाहादैनन त??
यसरी दिनहु नेपाली युबाशक्ती युरोप अस्ट्रेलिया अमेरिकाको रेसिडेन्ट लिदै गर्दा हाम्रो देशलाई के कस्तो घाटा होला त? के यो कुरा हाम्रो देशका सरोकारवाला ले सोचेका छन त??के सधैभरी यसरी नै जनशक्ति बिदेश पठाएर देशको बिकास सम्भब होला त…..?