गलत विमानमा चढेपछि पोल्यान्ड पुग्नुपर्ने व्यक्ति माल्टा पुगे ……..

MIA

पोल्यान्डमा बस्ने ७५ वर्षीय पावेल लारेनुक छोरी भेट्न बेलायत पुगेका थिए । पोल्यान्ड फर्किनका लागि उनले लीड्स ब्रेडफोर्ड एयरपोर्टबाट gdansk का  लागि टिकट काटेका थिए । तर भूलवश उनी माल्टा पो पुगे ।

पावेल रिटायर्ड इन्जिनीयर हुन् र उनलाई पोलिश भाषाबाहेक अरू केही पनि आउँदैन । उनले भाषा नबुझेपछि माल्टा जाने प्लेन चढे ।


ADVERTISEMENT

माल्टा पुगेपछि पावेल तीनछक्क परे । उनले ट्याक्सीवालालाई पर्यटक सूचना केन्द्र लग्न भने ।

पावेलसँग कम पैसा मात्र थियो र उनको फोनले पनि काम गरिरहेको थिएन अनि माल्टाको भाषा पनि उनले बुझ्दैनथिए ।

पछि पोलिश भाषा बुझ्ने एक महिला उनीकहाँ आइन् र समस्याका बारेमा सोधिन् । महिलाले पावेललाई उनकी छोरीसँग कुरा गराइन् र पोल्यान्डको फ्लाइट बूक गराइन् ।

पोल्यान्ड जाने विमानमा बस्नुअघि पावेलले कर्मचारीलाई टिकट देखाए र विमान त्यहीँ नै जाने निश्चित गरे ।

पावेलकी छोरी लुसाइनाले उनका पिताले अब कहिले विमान नचढ्ने र लन्डन पनि नजाने बताएको जानकारी दिइन् ।

विभिन्न एजेन्सीको सहयोगमा 

साभार लोकान्तरबाट

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.