नेदरल्याण्डमा नेपालीभाषी इन्जिनियर्स एसोसिएसन गठन, मैनाली संयोजक

 

नेदरल्याण्डमा बहु प्रतिक्षित नेपालीभाषी इन्जिनियर्स एसोसिएसन गठन भएको छ । शिक्षा क्षेत्रमा विश्वकै अग्रपंक्तिमा रहेको पानी मुनीको देश भनेर चिनिने नेदरल्यान्डको अति ब्यस्त तथा ऐतिहासिक शहर युत्रेख्तमा नेदरल्याण्डभरी छरिएर रहेका नेपालीभाषी नेपालीहरुको ऐतिहासिक भेलाले संस्था जन्माएको हो ।

परिचयात्मक कार्यक्रम र शुभकामना आदान प्रदानबाट सुरु भएको कार्यक्रममा प्राबिधिक क्षेत्रमा  विद्द्यावारिधी गरेका र अध्ययनका शिलशिलामा रहेका बिद्यार्थी समुह समेतलाई समेटेर उक्त एसोसिएसन गठन भएको हो । एसोसिएसनको निती, उद्देश्य तथा भावी कार्यक्रमहरुमाथि भएको गहन छलफल र निर्णय अनुसार संगठनलाई संस्थागत ढंगले अघि बढाउन बिगत लामो समयदेखि द हेगमा बसोबास गर्दै आएका केमिकल इन्जिनियर डिपी मैनाली शर्माको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

जस्को सचिवमा समीप कार्की, कोषाध्यक्षमा निमिशा सापकोटा हुनुहुन्छ । यस्तै, प्रविधि सन्चालिकामा रेनुका गुरुङ श्रेष्ठ तथा सदस्यहरुमा अशिम रिजाल, सन्दीप मिश्र र प्रविन बस्नेत चयन गरिएको छ । करिव एक करोड सत्तरी लाख जनसंख्या रहेको नेदरल्याण्डमा स्थायी वा आस्थायी बसोबास गर्ने नेपाली तथा भुटानी समुदायको संख्या जम्मा २ हजारको हाराहारीमा रहेको अनुमान छ । यो संख्या यहाँको जनसंख्याको थोरै हिस्सा ओगटेको छ । तर थोरै संख्या रहे पनि छोटो अवधिमा यहाँ बसोबास गर्ने नेपालीहरु अती सम्पन्न र ब्यबस्थित हैसियत राख्दछन । स्मरण रहोस कारागारमा कैदीहरुको समेत अभाव रहेको अती सभ्य देश नेदरल्याण्डका बासिन्दाहरुको जीवन शैली विश्वकै उच्च रहेको तथ्य हालैको अनुसन्धानले पूष्टि गरेको छ ।

सानो नेपाली भाषी समुदाय रहेको यो देशका विश्वबिख्यात विश्वबिद्यालयहरुबाट बिद्यावराधी गरेका र अध्ययनको शिलशिलामा रहेका बिद्यार्थीहरुको संख्या उच्च रहे पनि यहाँको बौद्दिक समुह सामुदायिक हैसियतबाट उपेक्षित रहेको छ । अति प्रतिस्प्रधात्मक रुपमै गठन र निर्माण भएका दर्जनौं संघ संस्थाहरुका बाबजुद नेदरल्याण्डमा नितान्त गैर राजनैतिक र बिसुद्ध पेशासँग सम्बन्धित यहाँका शैक्षिक जागरणलाई लक्षित गरी गठन भएको बौद्दिक तथा प्राविधिक बर्गको संगठन भने यो पहिलो हो । नेपाली भाषी इन्जिनियर्स एसोसिएसनले शैक्षिक तथा बौद्दिक क्षेत्रलाई नेपाली समुदायको मुलधारमा ल्याउन गरेको अभियानलाई सम्पूर्ण क्षेत्रबाट नितान्त अलग र सकारात्मक ढंगले चर्चा हुन थालेको संयोजक मैलाली बताउनु हुन्छ ।

युरोपको अमेरिका भनेर चिनिने सानो देश नेदरल्याण्ड शिक्षा क्षेत्रमा विश्व कै अग्रपंक्तिमा रहेको कुरा हालैका अनुसन्धानले समेत देखाएका छन । यहाँ रहेका जम्मा १३ वटा विश्वबिद्यालयमध्ये १२ बिश्व विद्यालयहरु विश्वविख्यात नै मान्निन्छन । जसअनुसार बिभिन्न संकायमध्ये एरो स्पेस इन्जिनियरिङ्ग, सिभिल इन्जिनियरिङ्ग, मेकानिकल तथा आर्किटेक्र्च इन्जिनियरिङ्ग भने विश्वकै सबैभन्दा अगाडि रहेर दुवइ, सिंगापुर निर्माणदेखि अन्तरिक्षमा जाने हैसियत राख्दछन । बिश्वबिख्यात बैज्ञानिक आइन्स्टाइनले नेदरल्याण्डबाटै बिज्ञान पत्ता लगाएका थिए । हालैको सरकारी तथ्यांक अनुसार युरोप तथा युरोप बाहिरका १७० देश बाट ८५,९५५ जना अन्तराष्ट्रिय बिद्यार्थीहरु यहाँका प्रमुख युनिभर्सिटीहरुमा अध्ययनरत छन । तर नेपाली बिद्यार्थीहरुको संख्या भने न्युन तथा बढ्दो रहेको तथ्य हालैको अनुसन्धानले देखाएको छ ।

सानो नेपालीभाषी समुदायमा अत्यन्त फरक शिक्षा नितिका कारण नयाँ पूस्तालाइ यस क्षेत्रको सरल तथा सफल प्रवेशका संभावनाको खोजी आजको आवश्यकता रहेको र समाजलाई समेत फरक ढंगले सचेत गराउने उद्देश्य अनुरुप बिद्याबराधी प्राप्त नेपाली तथा नेपालीभाषी भुटानी समुह समेतको संलग्नतामा एसोसिएसन गठन भएको द हेगबाट हेमकुमारले जानकारी दिनुभयो ।

कार्यक्रमको अन्त्यमा तदर्थ समितिका सम्पूर्ण सदस्यहरु तथा संस्थाका बरिष्ठ टी यु युनिवर्सिटी देल्फ्तका पोस्ट डाक्टर प्रतिक श्रेष्ठलाई संगठनका संरक्षक हेम कुमार र संयोजक डिपी मैनालीले खादा लगाइ स्वागत तथा सम्मान गर्नु भएको थियो । यो संस्था स्थापनाका लागि हेम कुमार र डिपी मैनालीले अग्रसरता लिनुभएको हो ।

 

 

 

Source:http://janatatimes.com/archives/10770?fbclid=IwAR2zy5Vz0If80K9WRqScW9IrpX6XEYefTh3R3yI–ClQKUKKizjgGQ3zhSI#.XRNjip6pqGM.facebook

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.