गैर आवासीय नेपाली संघ पोर्तुगलको आज बसेको बैठकले आगामी अधिवेशन सम्बन्धी महत्वपूर्ण निर्णयहरु गरेको छ । अध्यक्ष कुबेर कार्कीको अध्यक्षतामा बसेको बैठकले अगस्ट २५ र २६ तारिख आयोजना हुने संघको अधिवेशनकालागि ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिको संयोजक अशोक घिमिरे र सदस्यहरुमा चिजकुमार तामाङ, राजकुमार थापा, ताराकुमारी गुरुङ र श्याम श्रेष्ठ रहेका छन् । संघको अधिवेशनको निर्वाचन सम्बन्धी सम्पुर्ण प्रक्रिया अब यसै समिति मार्फत हुनेछ ।
यस्तै संघका महासचिव निराजन सुवेदीले आफ्नो ब्यक्तिगत काम विशेषले नियमित रूपमा महासचिवको कार्यभार समाल्न कठिनाइ भएको जानकारी दिएकोले अधिवेशन सम्पन्न नहुन्जेलसम्म बाँकी कार्यकालकालागि कार्यबाहक महासचिवको रूपमा सचिव बलराम पौडेललाई तोक्ने निर्णय गरेको छ ।
संघको सदस्यता बितरणलाई तीब्रता दिन टोली बनाइ पोर्तुगलका विभिन्न क्षेत्रमा भ्रमण गर्ने, सदस्यता बन्न आह्वान गर्ने र सदस्यता दर्ता अनलाइन सिस्टम मार्फत नै गर्ने निर्णय गरेको छ । यस निर्णयबाट सदस्यता बन्ने प्रक्रिया रहेको केही अन्योलतालाइ हटेको छ ।
यसैगरी बैठकले हालै पोर्तुगलमा दु:खद निधन भएका धादिङ जन्म घर भइ हाल चितवन निवासी स्व. नेत्रबहादुर घलेको शबलाई नेपाल पठाउन आर्थिक संकलन र ब्यबस्थापन अर्को हप्ता भित्र सक्ने निर्णय गरेको छ ।