एस डि अर्पण
२७ जुन, वार्सावा । गत वर्ष सुन काण्डले निकै माहोल तात्यो, माहोल जति सुकै ताते पनि आखिर त्यो काण्ड त्यसै सेलाएर गयो । न त मोरङ्गमा मारिएका सनम शाक्यको हत्यारा पत्ता लग्यो न त ठुला माछा भनिएका सुन तस्करका नाईके नै भेटिए । यस्तै सुन कै विषयवस्तु समेटेर निर्देशक प्रदिप भट्टराईले जात्रै जात्रा नामको चलचित्र निर्माण गरे जुन यस वर्ष कै उत्कृष्ठ चलचित्र साबित हुन पुग्यो । मोफसलका साथै उपत्यकाका फिल्म हलहरु दर्शक श्रोताहरुको भिडम भिडले चलचित्र निकै राम्रो रहेको साथै जात्रै जात्राको समिक्षा पत्रपत्रिका, टेलिभिजन, रेडियो, एवं युट्युबमा समेत राम्रो आयो जसले गर्दा चलचित्रलाई अझै उचाईमा पुर्यायो । नेपालका मात्र हैन विश्व भरि रहेका दर्शक श्रोताहरुले जात्रै जात्रा चलचित्र हेरेर मनोरञ्न लिन पाए हुन्थ्यो भन्ने मनमा तृष्णा जगाइदियो । यसै बिच कलिउड पोल्याण्डले पोल्याण्डमा रहेका दर्शक श्रोताहरुलाई जात्रै जात्रा चलचित्र प्रदर्शनमा ल्याउने भएको छ । पोल्याण्डमा हरेका नेपाली दर्शक श्रोताहरुमाझ उत्कृष्ट चलचित्रहरुको सफल प्रदर्शन गर्दै कलिउड पोल्याण्डका वितरक सुरज कार्कीले आफ्नो फेशबुक मार्फत जात्रै जात्रा यहि जुलाई ७ तारिख, किनो लुनामा साँझ २२:३० बजे प्रदर्शन हुने जानकारी दिएका छन् ।
त्यसो त जात्रै जात्रा यस अघि निकै सफल मानिएको चलचित्र जात्रा कै सिक्येल हो । सो चलचित्र पनि स्वयम् भट्टराईले नै निर्देशन गरेका थिए । त्यहि पुरानै टिमका मुख्य कलाकारहरुलाई पुन: एकबद्द गरेर चलचित्रमा अभिनय गराएका छन् । जात्रामा निकै राम्रो भूमिका निभाएका बिपिन कार्की (फणिन्द्र), रबिन्द्रसिंह बनिया (जोयस), रबिन्द्र झा (मुन्ना), वर्षा राउत (सम्पदा) पुरानै कलाकारहरु देखिन्छन् भने दयाह्याङ राईले नयाँ इन्ट्री मारेका छन् । त्यस्तै अन्य कलाकारहरुमा राजा राम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अन्सु महर्जन, कृष्ण भक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर, प्रियंका झा, शर्मा जी, ळक्ष्य श्रेष्ठ, अरबिन खड्का आदि छन् । जात्रामा जेनतेन परिवार आफन्तहरुको हप्कीदप्की एवं अभावमा गुज्री रहेका तीन साथीहरु अचानक लुटेराको तीन करोडले आफुहरुको जिन्दगी बदल्ने लोभले भिविन्न सपना बुनेका फणिद्र, जोयस र मुना नोटहरू नक्कली भेटिएको अभियोगमा परेर प्रहरी हिरासतमा परेको देखाईन्छ । जात्रै जात्रामा पनि दस किलोको सुनको लागि यीनै तीन साथीले के के गर्नेछन् त जुन निकै मनोरन्जनात्मक हुने पक्का छ । जेठ ३ देखि नेपालमा निकै उत्साहजनक प्रदर्शन गर्दै ५१ औं दिन मनाउने तरखर गरि रहेको चलचित्रलाई पोल्याण्ड वार्सवाको दर्शक श्रोताले पनि उत्तिकै माया गरुन चलचित्रलाई प्रदर्शनको लागि शुभकामना ।