पोल्यान्ड नेपाल सम्वाददाता
काठमाडौ
पछिल्लो समय देशमा सुरक्षा चुनौती बढिरहेको र हत्या -हिम्साका घटनाहरु एक पछि अर्को सार्वजनिक भैरहेको बेला सुरक्षा समितिको बैठक प्रधानमन्त्री निबास बालुवाटारमा बसिरहेको छ।बैठकमा ४ वटै सुरक्षा प्रमुखलाइ बोलाइएको बुझिएको छ।केही दिनअघि सर्लाहीमा नेकपा माओवादी बिप्लपका जिल्लाको नेताको इनकाउन्टरमा मारिएको प्रहरिले बताए पनि हत्या नै गरिएको त्यहाका स्थानीय एबम विभिन्न अधिकारबादी सघ-सस्थाले बताएका थिए। यस घटनाले पनि सरकारलाइ गम्भीर आरोप लागेको थियो भने अर्को तर्फ बिप्लप समुहको गतिविधि तिब्र रुपमा बढिरहेको परिपेक्षमा सुरक्षा समितिको बैठकबाट केही ठोस योजना अख्तियार गर्ने सम्भावना रहेको बुझिएको छ।