मित्रलाल पार्दे
पोल्यान्ड
हामिहरु पोल्यान्डमा कम्पनी खोल्ने गरेर कुनै मतलब गरेनौ भने र कम्पनी खोलेर संचालन गरेनौ भने त्यसको असर दीर्घकालीन पर्नेछ । कम्पनी खोल्नु भन्दा निरन्तरता कत्तिको दिन सकिन्छ त्यो बारे बुझेर मात्र कम्पनी खोलौ ।
पोल्यान्डमा कम्पनी खोलेर तिर्नु पर्ने जुस नतिरेका कम्पनी वा व्यक्तिहरुको अकाउन्टमा रहेको जति पनि रकम कोमोर्निक माध्यमबाट पोल्यान्ड सरकारले थुत्नेछ । आज मात्र १० जनाको बैन्क अकाउन्ट रोकिदिएको विभिन्न व्यक्तिहरुले पठाएको जानकारी अनुसार खबर प्राप्त भएको छ । बिदेशिहरुले लोन लगेर नतिरेको कारणले बिदेशीहरुको अकाउन्टमा बिशेष निगरानी पोल्यान्ड सरकारले राखेको जानकारी एक ब्यान्कमा काम गर्ने कर्मचारीले बताएका छन् । स्मरण रहोस् कोहि कसैले कम्पनी खोलेर लापरबाही तरिकाले सरकारलाई तिर्नु पर्ने जुस तिरिइएको छैन भने पोल्यान्ड ब्यान्कबाट अझै युरोपको अन्य भुभागमा भए पनि सरकारले थुत्नु पर्ने रकम बैंक बाट झिक्नेछ । कसैले हचुवा भरमा कम्पनी खोलेर कार्यान्वयन गरेको छैन भने कम्पनी तत्काल बन्द गर्नु बुद्धिमानी हुनेछ अन्यथा तीन चार बर्षमा १०,१२ लाख तपाइको गुम्न सक्नेछ । कम्पनी खोल्नु भन्दा अघि युरोपको पोल्यान्डको नियम थाहा पाउनु बुद्दिमानी हुनेछ ।
तपाइलाई बैंकले निम्न अनुसार अनलाइन मेसेज पनि पठाउन सक्नेछ ।
Dear Sir/Madam, bank
……………….. informs that your accounts an………… execution seizure number ……. issued by ZUS I ODDZIAŁ …….. on ………….. has been registered. Please contact the Execution Authority to obtain detailed information about the seizure. In case of credit agreements concluded by you the principles stipulated in Rules and regulations of providing banking services for Individuals in …………… Bank . shall apply.
Kind regards,
Bank …………………….